9 years ago
November 8, 2016
कुचिङ (हाम्रो खेलकुद) – ब्रुनाईविरद्धको पहिलो हाफको समाप्तीमा नेपालले १–० को अग्रता लिएको छ । गत बर्ष नेपालले जितेका दुई महत्वपूर्ण उपाधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नवयुग श्रेष्ठको गोल बाट नेपालले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको हो । हेमन गुरुडका प्रहार लाई विपक्षी रक्षकले रोकेपछि रिबाउन्डमा प्राप्त बलमा दोस्रो प्रयामा नवयुग गोल गर्न सफल भएका हुन् ।

नवयुग पहिलो खेलमा भने अपेक्षा अनुसार चलेका थिएनन् । पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपालले समूह चरणको अन्तिम खेलमा ब्रुनाईसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपाल जित्न सकेमा भने समूह विजेता बन्नेछ । ४ गोल वा त्यो भन्दा कम अन्तरमा हारेमा पनि नेपाल सेमिफाइनल पुग्नेछ । तुलानात्मक रुपमा पहिलो खेलमा भन्दा प्रदर्शनमा सुधारिएको प्रदर्शन गरेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]