4 years ago
August 28, 2021
एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।

स्पेनिस पत्रिका मार्काका अनुसार युभेन्ट्सले रोनाल्डोको विकल्पमा अनुबन्ध गर्ने सम्भावित खेलाडीको सूचीमा हजार्ड शीर्षमा रहेका छन् । युभेन्ट्स र म्यानचेस्टर युनाइटेडबीच रोनाल्डोको विषयमा सहमति भइसकेको छ ।
यसको अर्थ रोनाल्डो १२ वर्षपछि प्रिमियर लिगमा फर्किने छन् । रोनाल्डो सन् २००९ मा म्यानचेस्टर युनाइटेड छाड्दै स्पेनिस क्लब रियल म्याड्रिडमा पुगेका थिए । रोनाल्डोले २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए । रोनाल्डोले सन् २०१८ मा रियल छाड्दै युभेन्ट्स पुगेका थिए ।
रियलका लागि यो सिजन दुवै खेलमा पहिलो रोजाईमा खेलेका हाजार्डलाई केलियन एमबाप्पेको आगमनसँगै सुरुवाती ११ मा पर्न प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ । हाजार्ड रियलमा रहँदै नियमित फुटबल खेल्दै क्लबमा महत्वपुर्ण रहेको महसुस गर्न चाहन्छन् ।
हाजार्ड २०१९ मा इंग्लिस क्लब चेल्सीबाट १ सय मिलियन युरोमा रियल म्याड्रिडमा आएका थिए । तर लगातारको चोटका कारण ३० वर्षीय हाजार्डले रियलमा दुई सिजन बिताउँदा ४५ खेलमा ५ गोल गर्नुका साथै ९ असिस्ट दिएका छन् ।
आर्थिक मन्दीका कारण युभेन्ट्सले हाजार्डलाई लोनमा अनुबन्ध गर्न सक्नेछ । यस्तै युभेन्ट्सले मिडफिल्डर मिरालेम प्यानिचलाई पनि क्लबमा फर्काउने योजना बनाएको छ । हाजार्डको यो चर्चासँगै अल्भारो ओर्डिओजाला यो समरमा रियल छाड्ने अन्तिम खेलाडी हुने छैनन् । अल्भारो फिओरेन्टिना जाने बलियो सम्भावना छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]