default_image

4 years ago

August 28, 2021

लिभरपुल र चेल्सी भिड्दै

196 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न ७ खेलमा प्रतिस्पर्धा हुँदा मर्सिसाइड क्लब लिभरपुलले घरेलु मैदानमा लन्डन क्लब चेल्सीको आतिथ्यता गर्दैछ । खेल एनफिल्डमा नेपाली समयअनुसार राति १०:१५ बजे हुनेछ ।

अपराजित रहेको दुवै टोली प्रिमियर लिगमा लगातार तेस्रो जितको खोजीमा हुनेछन् । सुरुवाती दुई खेलमा नर्विच र बर्नलेलाई पराजित गरेको लिभरपुल घरेलु मैदानमा च्याम्पियन्स लिग विजेता चेल्सीलाई स्तब्ध पार्ने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिनो, डिएगो जोटा, नावी केइटा, फाविन्हो, जोर्डन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, भर्जिल भान डाइक, जोएल मटिप, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकर रहेका छन् ।

यता, सुरुवाती दुई खेलमा क्रिस्टल प्यालेस र आर्सनलाई हराएको चेल्सी तेस्रो खेलमा लिभरपुललाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ । बेल्जियन फरवार्ड रोमेलु लुकाकुको आगमनले चेल्सीको अग्रपङ्ति बलियो देखिएको छ । लुकाकुले गत साता दोस्रो डेब्युमै गोल समेत गरेका थिए ।

लुकाकुसँगै काई हाभर्टज, मासन माउन्ट, मार्काेस अलन्सो, जर्गिन्हो, एङ्गोलो कान्टे, रिस जेम्स, एन्टेनियो रुडिगर, सिसर एज्पिलिक्वेटा, आन्द्रेस क्रिस्टेन्सेन र गोलरक्षक इडुआर्ड मेन्डी टोलीमा रहेका छन् । यसबाहेक टिमो वेर्नर, हाकिमी जियाच, माटियो कोभासिस, बेन चिलवेल र थियागो सिल्भा पनि टोली रहेका छन् ।

यि दुई टोलीको पछिल्लो ३० खेलको नजितामा लिभरपुल ११ खेलमा विजयी भएको छ । चेल्सीले १० खेल आफ्नो पक्षमा पार्दा ९ खेल बराबरीमा सकिएको छ । गत सिजन यि दुई टोलीले समान एक जित निकालेका थिए ।

अन्य खेल :

म्यानचेस्टर सिटीविरुद्ध आर्सनल (साँझ ५:१५ बजे)

एस्टन भिल्लाविरुद्ध ब्रेन्टफर्ड (राति ७:४५ बजे)

ब्राइटनविरुद्ध एभर्टन (राति ७:४५ बजे)

न्युक्यासलविरुद्ध साउथह्याम्टन (राति ७:४५ बजे)

नर्विच सिटीविरुद्ध लेस्टर सिटी (राति ७:४५ बजे)

वेस्ट ह्यामविरुद्ध क्रिस्टल प्यालेस (राति ७:४५ बजे)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.