default_image

3 years ago

August 28, 2021

रोहितले भारतविरुद्ध नखेल्ने

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दले भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमा सहभागिता नजनाउने भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका रोहित गत साता नै इन्डोनेसिया प्रस्थान गरेका थिए । इन्डोनेसियाको पर्सिजा जकार्तामा लामो समयदेखि खेल्दै आएका रोहित आफ्नो क्लब जिम्मेवारी पूरा गर्न त्यसतर्फ लागेका हुन् । यसअघि दुई पटक इन्डोनेसिया पुगेर […]

43 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दले भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमा सहभागिता नजनाउने भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका रोहित गत साता नै इन्डोनेसिया प्रस्थान गरेका थिए ।

इन्डोनेसियाको पर्सिजा जकार्तामा लामो समयदेखि खेल्दै आएका रोहित आफ्नो क्लब जिम्मेवारी पूरा गर्न त्यसतर्फ लागेका हुन् । यसअघि दुई पटक इन्डोनेसिया पुगेर पनि लिग स्थगित भएपछि रोहित नेपाल फर्किएका थिए । एक महिना अघि नेपाल फर्केर राष्ट्रिय टोलीसँग प्रशिक्षण गरेका रोहित लिग सुचारु हुने भएसँगै फेरी इन्डोनेसिया लागेका हुन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत रोहितले ८ दिनको क्वारिन्टिन बसेको उल्लेख गर्दे भनेका छन्, ‘लिग खेलका लागि लिएर म तयार र एकदम उत्साहित छु ।’ उनको एजेन्ट रतन मुश्तिकाका अनुसार रोहित क्वारेन्टिन पूरा गरेर क्लब प्रशिक्षणमा सहभागी हुने क्रममा छन् । भदौ ८ गते प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २५ सदस्यीय टोलीको घोषणा गर्दा रोहित त्यसमा समावेश थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले रोहितलाई क्लबमा जान स्वीकृति एन्फाले दिएको जनाए । ‘हामीसँग स्वीकृति लिएपछि नै रोहित इन्डोनेसिया गएका हुन् । पछिल्लो अन्तर्राष्ट्रिय खेलमा उनले रातो कार्ड पाएका कारण हामीले उनलाई एक खेल गुमाउने भएपछि स्वीकृति दिएका हौं । उनी गत साता राष्ट्रिय टोली छाडेर गएका हुन्,’ महासचिव तुलाधरले भने ।

रोहितले दुई महिनाअघि भएको एसियन कप तथा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध खेलमा रातो कार्ड पाएका थिए । रोहितले पहिलो हाफको अन्त्यतिर रेड कार्ड पाएपछि नेपालले दोस्रो हाफ १० खेलाडीमा सिमित रहेर खेलेको थियो । रोहित बाहिरीएपछि पुजन उपरकोटिले केहि तल झरेर अनन्त तामाङसँग रक्षापंक्ति सम्हालेका थिए ।

एन्फाका अनुसार रोहितको रातो कार्डको प्रतिबन्ध लगत्तै अर्को औपचारिक अन्तर्राष्ट्रिय खेलमा लागु हुने भएकाले भारतविरुद्ध पहिलो खेलमा समावेश गरिने थिएन । सामान्यतया छनोट प्रतियोगिताहरुको कार्ड त्यसै प्रतियोगिताको अर्को चरणको पहिलो खेलमा लागु हुने भएपनि एन्फाले फिफा समक्ष भारतविरुद्ध खेललाई औपचारिक मैत्रीपूर्ण रहेकाले लागु गराउन अनुरोध गरेको छ । त्यसो त साफ च्याम्पियनसिपमा पनि रोहितको कार्डको प्रतिबन्ध लाग्ने थिएन । एन्फाले गरेको अनुरोधको जवाफ भने आइसकेको छैन ।

रोहितको अनुपस्थितिसँगै भारतविरुद्ध नेपालको रक्षापंक्तिमा केहि परिवर्तन हुने भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सेन्टर डिफेन्समा अनन्त र रोहितलाई नियमित खेलाउँदै आएका थिए । अब रोहितको स्थान पुजन वा दीनेश राजवंशी मध्य एकले लिने देखिन्छ । तेज तामाङको पुनरागमनसँगै रक्षात्मक मिडफिल्डमा प्रतिस्पर्धा भएकाले पुजनले अनन्तको साथ दिन सक्नेछन् । दीनेशले पनि सेन्टर डिफेन्स खेल्न सक्छन् । अर्को विकल्पका रुपमा राष्ट्रिय टोलीमा पहिलो पटक पर्ने प्रयासमा रहेका युवा डिफेन्डर राजन गुरुङ पनि छन् ।

रोहित अनुपस्थित रहने खबरसँगै भारतविरुद्ध खेलमा अब २४ खेलाडीबाट टोली छनोट हुनेछ । भारतसँग भदौं १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुनेछ । त्यसपछि टोली साफको तयारीका लागि कतार प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुनेछ ।

२५ सदस्यीय टोली :

किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), विकेश कुथु (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.