4 years ago
August 28, 2021
पवन गिरी, महासचिव – जावलाखेल युथ क्लब
नेपाली फुटबलको इतिहास जति पुरानो छ, त्यसकै छेउछाउमा पुग्छ, जावलाखेल युथ क्लबको इतिहास पनि । त्यसैले पनि जावलाखेल उल्लेख नगर्दा नेपाली फुटबलको इतिहास अधुरै हुन्छ ।

नेपालमा खेलिने अन्य धेरै खेल जस्तै फुटबलको सुरुआतमा पनि राणा शासनकै बेला भएको थियो । त्यसको स्थापनामा राणा परिवारकै योगदान छ । फुटबलको इतिहास पनि लगभग त्यही हो । राणा शासनको अन्त्यपछि फुटबल बिस्तारै सर्वसाधारणतर्फ आएको थियो ।
जावलाखेलको मैदानमा खेलिने फुटबल राणा शासनकै पाला सुरु भएको थियो । पछि सर्वसाधारणले फुटबल खेल्न थाल्दा पनि जावलाखेलमै पहिलो पहिलो पल्ट खेलिएको थियो । अझ त्यो भन्दा पनि महत्त्वपूर्ण तथ्य त के रहेको छ भने नेपाली फुटबलको इतिहासमा आयोजना भएको पहिलो प्रतियोगिता जावलाखेलमै भएको थियो । यो तथ्यमा जावलाखेल युथ क्लबलाई गर्व हुनुपर्छ र यही तथ्यले हामी सबैलाई इतिहासले केही न केही जिम्मेवारी सुम्पेको महसुस हुन्छ ।
शताब्दी लामो इतिहासमा नेपाली फुटबललाई तीन भागमा विभाजन गर्न सकिन्छ र त्यसमध्ये पहिलो त यो खेलको सुरुआत तथा स्थापना नै भयो । अनि यसको साक्षी जावलाखेल नै भयो । त्यसपछिको लामो समय यो सौखिन खेलकै रूपमा रह्यो । काठमाडौंसँगै ललितपुरको टोल टोलमा फुटबल क्लबको स्थापना भए, तिनले फुटबल खेले र पछि कालान्तरमा धेरै क्लब हराएर पनि गए । तर यही समय जावलाखेलले आफूलाई बलियोसँग कायम राख्यो ।

४० को दशकमा इलाममा भएको भूकम्प पिडित कपमा जावलाखेल युथ क्लबको टोली (तस्बिर सौजन्य : जावलाखेल युथ क्लब)
दोस्रो कालखण्ड अर्ध व्यवसायिकतातर्फ अग्रसर समय मान्न सकिन्छ । सम्भवतः जावलाखेलले पनि २०५७ साल पछि खेलाडीलाई पारिश्रमिक दिन सुरु गरेको थियो । जहाँ फुटबलमा भावनात्मक सम्बन्धले काम गरिरहेको थियो, त्यहि बेलामा यो खेलले सुस्त स्थितिमै सही, व्यावसायिक हुने प्रयास गरेको थियो । यसलाई हामीले अर्ध व्यावसायिकता भन्दा हुन्छ, किनभने यो खालि प्रयास मात्र थियो । यसमा भावनाले बढी भूमिका खेलेको थियो ।
हामीले त्यो कालखण्ड पनि पार गरिसकेको अवस्था छ । अबको समय भने वास्तवमै व्यवसायिक फुटबलको समय हो । यो समयको माग हो, अनि यसलाई नेपाली फुटबलको तेस्रो कालखण्ड मान्न सकिन्छ । वर्तमान अवस्थामा व्यावसायिक फुटबललाई अनुसरण गर्न हामी एक प्रकारले बाध्य पनि छौं । कारण, आधुनिक फुटबलमा आबद्ध हुन अब व्यावसायिक हुनुको विकल्प नै छैन ।
एसियाली फुटबल महासंघ (एएफसी) ले क्लबहरुलाई व्यावसायिक बनाउन बाध्य बनाएको छ । क्लब लाइसेन्सिङ लागु गर्दै एएफसीको फुटबल थप व्यवस्थित बनाउने जमर्को गरेको छ । यो प्रयासमा साथ दिनु हाम्रो अहिलेको ठूलो जिम्मेवारी हो । अब भावनाले मात्र फुटबल चल्दैन । यसो भनिरहँदा क्लबप्रतिको माया, समर्पण, आस्थाले भने झनै ठूलो अर्थ राख्छ ।

सन् १९६० मा जर्मनीको गुन्जा युनाइटेड क्लब र जावलाखेल युथ क्लबबीच भएको मैत्रीपूर्ण खेल (तस्बिर सौजन्य : जावलाखेल युथ क्लब)
एएफसीले ‘क्लब लाइसेनिङ’ सुरु गरेपछि जावलाखेल युथ क्लब जस्ता परम्परागत फुटबल क्लबका लागि जहाँ चुनौती थपिएको छ, ठीक त्यहीं उत्तिकै अवसर पनि सिर्जना भएका छन् । फेरि आधुनिक फुटबलससँग जावलाखेल युथ क्लबले आफूलाई आत्मसात् गर्ने हो भने यो कदम अनुसरण गर्नु अत्यावश्यक पनि छ ।
यसका लागि हामीले सबैभन्दा पहिले ‘टिम वर्क’ मा विश्वास गर्नु पर्छ । आधुनिक व्यवस्थापनको सिद्धान्तमा एक्लो व्यक्तिले केही पनि गर्न सक्दैन्, उसका लागि पनि टिमको सहयोग चाहिन्छ । फुटबलको मैदानमा कोही खेलाडीले एक्लै केही गर्न नसक्ने जस्तै । जावलाखेल युथ क्लबले अबदेखि सामुहिक रूपमा सबैको जिम्मेवारीसहित काम गर्ने नीति लिनु पर्छ । कमिटि क्लबको हितका लागि एक हुनु पर्छ, व्यक्तिगत स्वार्थ छाडेर काम गर्नु पर्छ । क्लबको आफ्नो विधान छ, त्यसमै रहेर पनि काम गर्नुपर्ने हुन्छ ।
कार्यसमितिले सबैको सल्लाह सुझाव लिएर अगाडि बढनु पर्छ, अनि मात्र क्लबका रूपमा बलियो रहन्छ । जबसम्म स्वतः स्फुर्त रूपमा सदस्यता लिने वातावरण बन्दैन्, तबसम्म क्लबमा राजनीतिक चलखेलको खतरा कायम रहन्छ । यो तथ्य सुन्दा तीतो सुनिन्छ, तर यो उत्तिकै सत्य पनि हो ।

२०५२ सालको लिगमा जावलाखेलको टोली (तस्बिर सौजन्य : जावलाखेल युथ क्लब)
यी त भए, सबै मैदान बाहिरका काम । यसका लागि क्लब स्वयं व्यवसायिक हुनु पर्छ । क्लब चलाउने भनेका यसका पदाधिकारी नै हो, तिनलाई पनि व्यवसायिक बनाउनु पर्ने समयको माग हो । त्यसैले हामीले क्लबका पदाधिकारी अथवा यसले नियुक्त गर्ने जिम्मेवार पदीय दायित्व भएकालाई पनि पारिश्रमिक दिन सुरु गर्ने कि ? यो तथ्य पनि प्रति सबै सचेत हुनु पर्छ ।
क्लब व्यावसायिक हुने, खेलाडी व्यावसायिक हुने भनेपछि यसका पदाधिकारी पनि व्यावसायिक हुनु पर्छ । यसका लागि उनीहरूलाई पारिश्रमिक दिन सुरु गर्नु एउटा छलाङ हुन सक्छ । यसले पदाधिकारीलाई इमान्दार बनाउन मदत गर्छ । यस्तो स्थितिमा आफ्नो पूरा समय पदाधिकारीले क्लबलाई दिन सक्ने स्थिति पनि हुन्छ ।
व्यवसायिकताको महत्त्वपूर्ण पाटो भनेको ठीक ढंगले आय गर्ने र समानान्तर रुपमा ठीक ढंगले खर्च गर्ने पनि हो । त्यसैले क्लबले अब आफ्नो छुट्टै आर्थिक नियमावली पनि बनाउनु पर्छ र यसमै रहेर काम गर्नुपर्छ । एक पल्ट आर्थिक नियमावाली बन्यो र यसको ठीक ढंगले पालना हुन्छ भने क्लबमा व्यक्ति फेरिएपनि प्रणाली बस्छ । प्रणाली बसेपछि पदाधिकारी को को हुन्छ, त्यो गौण विषय हुन सक्छ । हामीले यसै अन्तर्गत रहेर वार्षिक बजेट बनाउन सक्छौं, नत्र हाम्रोमा खर्च गरेपछि बजेट बनाउने प्रचलन छ ।

फुटबलमा मैदानभित्र खेल्ने शैलीमा आधुनिकीकरण आउने क्रम अनवरत रहन्छ । त्यसका लागि प्राविधिक रुपमा पनि नेपालले पछिल्लो समय विस्तारै खुड्किलो चढ्दै छ । प्रशिक्षकहरु आफूलाई अझ निखार्न विभिन्न कोर्षहरुमा सहभागी भएका छन् । प्रशिक्षकको स्तर बढ्दै गएको हामीले देखेका छौं ।
अबको समय मैदानबाहिर पनि क्लबहरुले आफूलाई अर्को स्तरमा लग्नुपर्छ । क्लब लाइसेन्सिङको मुख्य लक्ष्य यहि नै हो । यसका कतिपय पक्ष नेपाली क्लबका लागि सहज छैनन्, तर दीर्घकालीन रुपमा यसले हामीलाई नै फाइदा पुर्याउँछ । जसरी फुटबलको उदयमा जावलाखेलको इतिहास अडेको छ, नेपालको फुटबल व्यावसायिक बन्ने यात्रामा क्लबले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]