default_image

3 years ago

August 29, 2021

बेटिसलाई हराउँदै रियल म्याड्रिड शीर्षस्थानमा

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले रियल बेटिसमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा ड्यानी कार्भाजलले गरेको गोलले रियलले महत्वपुर्ण ३ अंक जोड्न सफल भयो । सेभियामा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको छैटौ मिनेटमा नै कप्तान करिम बेन्जेमाले भिनिसियस जुनियरसग वान टु वान मुभमा बनेको सुवर्ण अवसर खेर […]

56 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले रियल बेटिसमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा ड्यानी कार्भाजलले गरेको गोलले रियलले महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

सेभियामा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको छैटौ मिनेटमा नै कप्तान करिम बेन्जेमाले भिनिसियस जुनियरसग वान टु वान मुभमा बनेको सुवर्ण अवसर खेर फाल्दा रियल अग्रता लिनबाट चुकेको थियो । ३६औं मिनेटमा मोन्टोयाको प्रहारमा रियलका गोलरक्षक थिवाउट कोर्टुवाले खासै मिहेनत गर्नुपरेन ।

पहिलो हाफका अन्त्यतिर खेलमा तनावपुर्ण स्थिति सिर्जना हुदा रेफ्रीले रियल बेटिसका तीन र रियलका एक खेलाडीलाई पहेँलो कार्ड देखाएको थियो । ५२औं मिनेटमा ग्यारेथ बेलको ट्र्डमार्क लेफ्ट फुटेट क्रसमा करिम बेन्जेमाको ६ यार्ड बक्सभित्रको हेडरलाई गोलरक्षक रुई सिल्भाले सुन्दर बचाउँ गर्दा रियल अग्रत लिनबाट चुक्यो ।

५४औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि उनको गोलले मान्यता पाएन । क्यासमिरोको चिप पासमा बेन्जेमाले रुई सिल्भालाई सहजै बिट गर्दै गोल गर्दा उनी अफसाइड ठहरिए । ६१औं मिनेटमा ड्यानी कार्भाजलले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

भिनिसियस हुदै बेन्जेमाबाट आएको पासमा कार्भाजलले भलीमार्फत सुन्दर गोल गरे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बेन्जेमाको पासमा हाजार्डको प्रहारलाई गोलरक्षक सिल्भाले विफल पार्दा रियलले अग्रता दोब्बर पार्न सकेन ।

यो जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान ७ अंक नै भएपनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा रहेका छन् । पराजित बेटिस २ अंकसहित १४औं स्थानमा छ ।

अन्य नतिजा
सेल्टा डि भिगोविरुद्ध एट्लेटिको बिल्वाओ (०–)
इल्चेविरुद्ध सेभिया (१–१)
रियल सोसिडाडविरुद्ध लेभान्टे (–०)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.