default_image

3 years ago

August 31, 2021

सुआरेजले विश्वकप छनोट गुमाउने

एजेन्सी – उरुग्वेली स्टार लुइस सुआरेजले कतार विश्वकप २०२२ अन्तरगतको दक्षिण अमेरिकी विश्वकप छनोटका तीन खेल गुमाउने भएका छन् । चोटका कारण वर्षीय सुआरेजले सेप्टेम्वरको लागि तय भएको तीन विश्वकप छनोटका खेलहरु गुमाउने पक्का भएको हो । आइतबार राति भिल्लारियलसँग २–२ गोलको बराबरीमा रोकिएको खेलमा सुआरेजले चोट बोक्न पुगेका थिए । सुआरेजले यो सिजन पहिलोपटक […]

92 views

0 Bookmark

एजेन्सी – उरुग्वेली स्टार लुइस सुआरेजले कतार विश्वकप २०२२ अन्तरगतको दक्षिण अमेरिकी विश्वकप छनोटका तीन खेल गुमाउने भएका छन् ।

चोटका कारण वर्षीय सुआरेजले सेप्टेम्वरको लागि तय भएको तीन विश्वकप छनोटका खेलहरु गुमाउने पक्का भएको हो । आइतबार राति भिल्लारियलसँग २–२ गोलको बराबरीमा रोकिएको खेलमा सुआरेजले चोट बोक्न पुगेका थिए । सुआरेजले यो सिजन पहिलोपटक पहिलो रोजाईमा खेलेका थिए । तर, उनले चोट बोक्न पुगेका थिए ।

एट्लेटिकोले विज्ञप्ति जारी गर्दै एमआरआई स्क्यानमा सुआरेजको देब्रे घुडामा चोट देखिएको छ । उनी कम्तीमा दुई साता मैदान बाहिर रहनेछन् । उनी रिकभरीका लागि स्पेनमै रहने बताइएको छ । उनी १२ सेप्टेम्वरमा स्पान्योलसँगको खेलमा उपलब्ध हुन सक्ने अपेक्षा गरिएको छ ।

एट्लेटिकोले उरुग्वे फुटबल फेडेरेसनलाई पत्रचार गर्दै सुआरेज खेल्न नसक्ने जानकारी गराइसकेको छ । अर्काे फरवार्ड इडिन्सन काभानी पनि टोलीमा नरहँदा उरुग्वेलाई समस्या पर्न सक्नेछ । उरुग्वेले ३ सेप्टेम्वरमा पेरुसँग उसकै मैदानमा खेल्नेछ । त्यसपछि ६ सेप्टेम्वरमा बोलिभिया र १० सेप्टेम्वरमा इक्वेडरसँग घरेल मैदानमा खेल्ने तालिका छ ।

उरुग्वे ८ खेलबाट समान २ जित, बराबरी र हारको नतिजासाथ ८ अंक जोडेर चौथो स्थानमा रहेको छ । दक्षिण अमेरिकी छनोटमा उरुग्वेले चिली र कोलम्वियालाई पराजित गर्दा इक्वेडर र ब्राजिलसँग पराजित भएको थियो । पाराग्वे र भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो ।

दक्षिण अमेरिकी छनोटबाट शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउनेछ । पाँचौ स्थानमा रहने टोलीले प्ले अफ खेल्नुपर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.