ब्रुनाइ बिरुद्ध गोल गरेका बिमल घर्ति मगरले आफ्नु गोल स्वर्गिय बहिनी मनिषा घर्ती मगरलाई समर्पित गरेका छन ।
एएफसि सोलिडारिटि कपको समुह चरणको खेलमा ब्रुनाइ बिरुद्ध ३-० को जित हात पार्दा नवयुग श्रेस्ठ, भरत खवास र बिमल घर्ती मगरले गोल गरेका थिए ।
पेनाल्टी मार्फत गोल गरेका बिमलले आफ्नु फेसबुक पेजमा उल्लेख गर्दै बहिनी मनिषा घर्ती मगरलाई समर्पित गरेका छन ।
“आजको गोल बहिनि मनिषालाई र जित नेपाली समर्थकहरुलाई समर्पण गर्न चाहन्छु ।” बिमलले आफ्नु फेसबुकमा लेखेका थिए ।
गत जेस्ठमा नवलपरासी बर्दघाट नगरपालिकाको आफ्नै घरमा मृत अवस्थामा भेटिएकी मनिषाको पोष्टमार्टमपछि अन्त्यष्टि गरिएको थियो ।