default_image

3 years ago

September 2, 2021

बराबरीबाट भारत असन्तुष्ट, नेपाल अझै सुधार गर्ने पक्षमा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध मैत्रीपूर्ण खेलको प्रदर्शनले मात्र साफ च्याम्पियनसिपका लागि नपुग्ने बताएका छन् । अघिल्लो दिन गर्व गर्न लायक प्रदर्शन गर्ने प्रतिवद्धता जनाएका अलमुताइरीले जित निकाल्न नसकेकोमा समर्थकसँग माफी मागे । उनले टोलीको प्रदर्शनको भने प्रशंसा गरे । दशरथ रंगशालामा बिहीबार साँझ भएको नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध मैत्रीपूर्ण खेलको प्रदर्शनले मात्र साफ च्याम्पियनसिपका लागि नपुग्ने बताएका छन् ।

अघिल्लो दिन गर्व गर्न लायक प्रदर्शन गर्ने प्रतिवद्धता जनाएका अलमुताइरीले जित निकाल्न नसकेकोमा समर्थकसँग माफी मागे । उनले टोलीको प्रदर्शनको भने प्रशंसा गरे । दशरथ रंगशालामा बिहीबार साँझ भएको नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो । अन्जन विष्टको गोलमा पहिलो हाफमा लिएको अग्रतालाई नेपालले जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको बतायो ।

‘हामीले आज जुन नतिजा निकाल्यौं त्यसका नेपाली दर्शकसँग माफी माग्न चाहन्छु । यो प्रदर्शनले साफका लागि पुग्दैन’, अलमुताइरीले भने, ‘समर्थकसँग माफी चाहन्छु । तर पनि टोलीको प्रदर्शनबाट म सन्तुष्ट छु । आउने दिनमा गल्ति सुधार गर्दै अझ राम्रो खेल्नेछौं ।’

अलमुताइरीले भारतविरुद्ध दुई खेलमा टोलीमा भएका सबै खेलाडीले मौका दिने लक्ष्य राखेको बताए । ‘मैले टोलीमा आवश्यकता अनुसार परिवर्तन गरेको छु । आज पनि अन्त्यतिर युवा खेलाडीलाई अवसर दिएँ । सबै खेलाडीलाई अवसर दिएर टोली अघि बढाउने हो । मेरो विचारमा खेलाडी तयार छन् भने उमेरले केहि असर गर्दैन,’ उनले भने, ‘खेलाडीको चाहेको बेला वा समर्थकको चाहनामा मैले खेलाउने होइन । खेलाडी मानसिक र अन्य हिसाबले सहि लागेको बेलामा खेलाउछु ।’

भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाचले भने भारत खेलमा बराबरी भन्दा राम्रो नतिजाको हकदार भएको बताए । ‘ नेपालभन्दा हामी राम्रो नतिजाको हकदार थियौं । मैदानको अवस्थाले पनि हामीले सोचेजस्तो खेल्न सकेनौं । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गर्न सक्यौं,’ उनले भने ।

प्रशिक्षक स्टिमाचले भने टोलीको प्रदर्शनलाई दुई भागमा बाँडेर हेर्नुपर्ने बताए । ‘हामीले पहिलो हाफ कमजोर प्रदर्शन गर्यौं । जसका कारण दोस्रो हाफमा ४ खेलाडी परिवर्तन गर्यौं’, उनले भने, ‘त्यसपछि हाम्रो प्रदर्शनका सुधार भयो । गोल निस्कियो । पहिलो हाफमा दुःखी छु । दोस्रो हाफबाट खुसी छु ।’

उनले भारतीय टोली जितको हकदार रहेको पनि बताए । ‘नेपाल भन्दा हामी बलियो टोली हौं । हाम्रो आफ्नै गल्तिमा गोल खाएका हौं । त्यसपछि टोलीले राम्रो प्रदर्शन गर्यो,’ उनले भने ।

यो पनि : नेपाल भारतसँग रोकियो

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.