default_image

3 years ago

September 3, 2021

पोर्चुगलद्वारा रोनाल्डोलाई फुकुवा

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान राखेका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टोलीले यस पटकको अन्तर्राष्ट्रिय खेलबाट फुकुवा गरेको छ । रोनाल्डोले बुधबार राती भएको खेलमा रिपब्लिक अफ आयरल्यान्डविरुद्ध २ गोल गर्दै टोलीलाई जित दिलाएका थिए । खेलको पहिलो हाफमा पेनाल्टीमा गोल गर्न नसकेपनि रोनाल्डोले अन्त्यतिर दुई गोल गर्दै टोलीलाई २-१ को जित […]

63 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान राखेका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टोलीले यस पटकको अन्तर्राष्ट्रिय खेलबाट फुकुवा गरेको छ ।

रोनाल्डोले बुधबार राती भएको खेलमा रिपब्लिक अफ आयरल्यान्डविरुद्ध २ गोल गर्दै टोलीलाई जित दिलाएका थिए । खेलको पहिलो हाफमा पेनाल्टीमा गोल गर्न नसकेपनि रोनाल्डोले अन्त्यतिर दुई गोल गर्दै टोलीलाई २-१ को जित दिलाए । रोनाल्डोले दुई गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा गोल संख्या १ सय ११ पुर्याएका थिए ।

रोनाल्डोले गत महिना सम्पन्न युरोपेली च्याम्पियनसिपमा ५ गोल गर्दै इरानका अली दाइसँग १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए । बुधबार आयरल्यान्डविरुद्ध बराबरी गोल गर्दै उक्त कीर्तिमान तोडेका उनले अन्त्यतिर विजयी गोल थपेका थिए । रोनाल्डोले विजयी गोल गरेपछि खुसी साट्ने क्रममा जर्सी खोलेका थिए । त्यसको नतिजास्वरूप रेफ्रीले उनलाई पहेंलो कार्ड देखाएका थिए ।

रोनाल्डोले पहेंलो कार्ड पाएसँगै अर्को खेल प्रतिबन्ध भोग्नुपर्ने अवस्था आएको हो । रोनाल्डोले यसअघि पनि छनोटमा पहेंलो कार्ड पाएका कारण अर्को खेल नखेल्ने भएका हुन् । पोर्चुगलले शनिबार कतार र मंगलबार अजरबैजानको सामना गर्दैछ । कतारविरुद्ध खेल मैत्रीपूर्ण हो भने अजरबैजानको खेल विश्वकप छनोटको हो । रोनाल्डोको प्रतिबन्ध अजरबैजानविरुद्ध खेलमा लागु हुनेछ ।

पोर्चुगलले रोनाल्डोलाई कतारविरुद्ध खेलमा प्रयोग गर्न पाउने भएपनि फुकुवा गर्ने निर्णय गरेको हो । रोनाल्डो यसै साता युभेन्टस छाडेर म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका हुन् । उनले प्रिमियर लिगको अर्को खेलमा न्युकासल युनाइटेडविरुद्ध तयार हुनका लागि अब भरपुर समय पाउने भएका छन् ।

रोनाल्डो चाडैं नै युनाइटेडको प्रशिक्षणमा समावेश हुने भएका छन् । उनले छुट्टि लिन पाउने भएपनि क्लबको प्रशिक्षणमा सामेल भएर आफूलाई तयार पार्ने योजना बनाएको बुझिएको छ । युनाइटेडले ११ सेप्टेम्बर शनिबार न्युकासल युनाइटेडको सामना गर्दैछ ।

यो पनि : रोनाल्डोको १११ गोल, ३० वर्ष कटेपछि झनै सशक्त

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.