default_image

3 years ago

September 4, 2021

रामेछापमा उपराष्ट्रपति कप फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – रामेछापमा असोज अन्तिम सातादेखि प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौं उपत्यका बाहिर पनि प्रतिस्पर्धात्मक फुटबल हुनुपर्छ भन्दै गुराँसेदेवी युवा क्लबले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ३१ गतेबाट कात्तिक ४ गतेसम्म हुने जनाएको छ । प्रतियोगिता रामेछापको दोरम्बास्थित शैलुङमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालको चर्चित […]

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रामेछापमा असोज अन्तिम सातादेखि प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

काठमाडौं उपत्यका बाहिर पनि प्रतिस्पर्धात्मक फुटबल हुनुपर्छ भन्दै गुराँसेदेवी युवा क्लबले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ३१ गतेबाट कात्तिक ४ गतेसम्म हुने जनाएको छ । प्रतियोगिता रामेछापको दोरम्बास्थित शैलुङमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालको चर्चित क्लबहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

५ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको अनुमानित खर्च ५१ लाख २० हजार आँकलन गरिएको क्लबका अध्यक्ष मदन थापामगरले जानकारी गराए । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पाउने छन् ।

तेस्रोले ५० हजार र चौंथोले २५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार पाउनेछन् । उत्कृष्ट डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले ५÷५ हजार पाउनेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.