default_image

3 years ago

September 4, 2021

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल भोली

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतको राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार साझ दशरथ रंगशालामा हुनेछ । साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । आइतबारको खेल पनि बिहीबार जस्तै साँझ ५ः३० बजे सुरु हुनेछ ।


बिहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो ।
एक गोलको अग्रता जोगाउन नसक्दा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा भारतसँग बराबरी खेलेको छ । ३६औं मिनेटमा अन्जनले गोल गरेका थिए । भारतीय चिनलेनािना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले उनलाई विट गर्दै नियन्त्रणमा लिएर गोल गर्न सफल भएका थिए ।

राष्ट्रिय टोलीका लागि अन्जनको त्यो पाँचौ गोल हो । यसअघि चाइनिज ताइपेविरुद्ध विश्व कपका दुई खेलमा ३ गोल गरेको अन्जनले अर्को गोल इराकविरुद्धको मैत्रीपूर्ण खेलमा गरेका थिए । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै भारतले बिहीबारको खेलमा बराबरी गरेको थियो । ६०औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले पेनाल्टी बक्स बाहिरबाट गरेको कडा प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाएपनि बल त्यहि मैदानमा खसेपछि परिवर्तित अनिरुद्र थापा अघि बढेर गोल गरेका थिए ।

किरणले आइतबारको खेल खेलेमा नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनले बिहीबार खेल्दै पूर्व कप्तान विराज महर्जनको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार बिहीबार जस्तै ५ हजार १ सय दर्शकले मात्र रंगशाला पुगेर फुटबल हेर्न सक्नेछन् । कोरोनाविरुद्धको दुवै खोप लगाएका र कोरोना टेष्ट नेगेटिभ भएकाले मात्र खेल्न हेर्न सक्नेछन् ।

दशरथ रंगशालामा सन् २०१५ को विश्व कप छनोटपछि नेपाल र भारतबीच बिहीबार पहिलो खेल थियो । सन् २०१३ को साफ च्याम्पियनसिपमा भने नेपालले भारतलाई २–१ ले हराएको थियो । भारतमाथि नेपालको त्यो दोस्रो जित थियो । त्यसअघि सन् १९९३ को दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको थियो । २–२ को बराबरीपछि नेपालले पेनाल्टीमा बाजी मारेको थियो । अहिले सम्मका २० खेलमा नेपालले २ खेल जितेको छ भने ५ खेलमा बराबरी गरेको छ । बाँकी १३ खेलमा भारतले नेपाललाई हराएको थियो ।

मैत्रीपूर्ण खेलपछि शुक्रबार नेपाली टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि कतार जानेछ । त्यहिबाट असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपमा भाग लिन जानेछ । आयोजक समेत रहेको साविक विजेता माल्दिभ्सविरुद्ध खेल्दै नेपालले साफ च्याम्पियनसिपको यात्रा थाल्नेछ ।

बंगलादेशमा २०१८ मा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले हराएको थियो । त्यो संस्करण माल्दिभ्सले जितेको थियो । यसपटक ५ टोलीको सहभागिता रहने च्याम्पिनसिपमा राउन्ड रोविनका आधारमा हुनेछ । साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच असोज २४ गते प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.