default_image

4 years ago

September 5, 2021

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र भारत भिड्दै

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतीय राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज (आइतबार) साझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल साँझ ५:३० बजे हुनेछ ।

अर्काे महिना माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । विहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो ।

दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल जितको लक्ष्यसहित मैदान उत्रनेछ । टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको पहिलो खेलमा रहेको सुरुवाती ११मा केहि परिवर्तन गर्न सक्नेछन् । साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीका धेरै भन्दा धेरै खेलाडी प्रयोग गर्ने लक्ष्य रहेको प्रशिक्षक अलमुताइरीले बताएका थिए ।

गोलरक्षक तथा कप्तान किरण चेम्जोङले आइतबारको खेल खेलेमा उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनले बिहीबार खेल्दै पूर्व कप्तान विराज महर्जनको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए । यद्यपि उनले पूरा समय खेल्नेमा भने शंका छ । प्रशिक्षक अलमुताइरीले आवश्यक परेको खण्डमा अन्य गोलरक्षक पनि तयार रहनुपर्ने हुँदा केहि समय दिने बताएका थिए ।

पहिलो खेलमा अनन्त तामाङसँगै दिनेश राजवंशी, सुमन अर्याल र गौतम श्रेष्ठले रक्षापङ्ति सम्हालेका थिए । डिफेन्समा धेरै विकल्प पनि नरहेकाले यसैले निरन्तरता पाउने देखिन्छ । मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र सुमन लामा रहँदा विंगर फरवार्डको रुपमा आयुष घलान र अन्जन विष्ट तथा अग्रपङ्ति नवयुग श्रेष्ठले सम्हालेका थिए । आजको खेलमा मिडफिल्डमा केहि परिवर्तन हुन सक्छ । आक्रमणमा पनि मनिष डाँगी र आशिष लामा टोलीमा आउन सक्छन् ।

प्रशिक्षक अलमुताइरीले अनुभवी मिडफिल्डरद्वय विशाल राई र सन्तोष तामाङलाई बेञ्चमा राख्दा युवा विंगर आयुष घलानलाई पहिलो रोजाईमा मैदानमा उतारेका थिए । आयुषले घरेलु डेब्युमा राम्रो छाप पनि छाडेका थिए । विशाल राइले पनि बेन्चबाट आएर राम्रो प्रदर्शन गरे ।

प्रशिक्षक अलमुताइरीले गोलरक्षक विशाल श्रेष्ठ वा दीप कार्कीमा एकलाई डेब्यु दिने सम्भावना छ । अघिल्लो मैत्रीपुर्ण खेलमा नितिन थापाले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । डिफेन्डर राजन गुरुङ पनि पहिलो खेलको पर्खाइमा छन् ।

यता, दक्षिण एसियाली पावर हाउस भारत पनि घरेलु टोली नेपाललाई हराउने लक्ष्यमा मैदान उत्रनेछ । भारतसँग कप्तान सुनिल क्षेत्रीसँगै गुरप्रित सिंह सन्धु, आकाश मिश्रा, ब्रान्डन फर्नान्डेस, रहिम अली, सुवासिस बोस, लिस्टन कोलाको, मनविर सिंह, अनिरुद थापा, चिङलेनसाना सिहं कोन्साम र राहुल भेके रहेका छन् । पहिलो खेलमा हाफ टाइममा नै ४ परिवर्तन गरेको भारतले दोस्रो खेलमा पनि निकै परिवर्तन गर्ने देखिन्छ ।

नेपालले भारतलाई सन् २०१३ यता हराउन सकेको छैन । अनिल गुरुङ र जुमानु राईको गोलमा नेपालले सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले पराजित गरेको थियो । त्यसयता नेपालले दक्षिण एसियाली महारथीविरुद्ध जित हात पार्न सकेको छैन ।

यसक्रममा ६ खेलमा नेपालले चार हार र २ बराबरी निकालेको छ । अहिलेसम्मका २० खेलमा नेपालले २ खेल जितेको छ । ५ खेलमा बराबरी गरेको छ । बाँकी १३ खेलमा भारतले नेपाललाई हराएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार जस्तै ५ हजार १ सय दर्शकले मात्र रंगशाला पुगेर फुटबल हेर्न सक्ने बताएको छ । कोरोनाविरुद्धको दुवै खोप लगाएका वा कोरोना टेष्ट नेगेटिभ भएकाले मात्र खेल्न हेर्न सक्नेछन् ।

मैत्रीपूर्ण खेलपछि शुक्रबार नेपाली टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि कतार जानेछ । त्यहिबाट असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपमा भाग लिन जानेछ । आयोजक समेत रहेको साविक विजेता माल्दिभ्सविरुद्ध खेल्दै नेपालले साफ च्याम्पियनसिपको यात्रा थाल्नेछ ।

बंगलादेशमा २०१८ मा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले हराएको थियो । त्यो संस्करण माल्दिभ्सले जितेको थियो । यसपटक ५ टोलीको सहभागिता रहने च्याम्पिनसिपमा राउन्ड रोविनका आधारमा हुनेछ । साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच असोज २४ गते प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

अलमुताइरीको प्रशिक्षणमा नेपालको प्रदर्शन

नेपालविरुद्ध इराक (मैत्रीपुर्ण) ६–२ को हार

नेपालविरुद्ध चाइनिज ताइपेइ (विश्वकप छनोट) २–० को जित

नेपालविरुद्ध जोर्डन (विश्वकप छनोट) ३–० को हार

नेपालविरुद्ध अष्ट्रेलिया (विश्वकप छनोट) ३–० को हार

नेपालविरुद्ध भारत (मैत्रीपुर्ण) १–१ गोलको बराबरी

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.