default_image

3 years ago

September 5, 2021

कप्तान किरण सर्वाधिक खेल खेल्ने खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी बनेका छन् ।भारतविरुद्ध आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा उत्रदै राष्ट्रिय टोलीको उनको खेल संख्या ७४ पुगेको छ । किरणले यसअघिका कप्तान तथा डिफेन्डर विराज महर्जनले राखेको ७३ क्यापको कीर्तिमानलाई तोडेका हुन् । भारतविरुद्ध बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्दै किरणले विराजको ७३ […]

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी बनेका छन् ।भारतविरुद्ध आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा उत्रदै राष्ट्रिय टोलीको उनको खेल संख्या ७४ पुगेको छ । किरणले यसअघिका कप्तान तथा डिफेन्डर विराज महर्जनले राखेको ७३ क्यापको कीर्तिमानलाई तोडेका हुन् ।

भारतविरुद्ध बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्दै किरणले विराजको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए । किरणले राष्ट्रिय टोलीमा १३ वर्षको यात्रामा भारतविरुद्धको दोस्रो मैत्रीपुर्ण खेलमा पहिलो रोजाईमा खेल्दै विराजको कीर्तिमानलाई तोडेका हुन् ।

विराजले यो कीर्तिमान गत चैतमा स्वदेशमा आयोजना भएको थ्री नेसन्स कपमा बनाएका थिए । उनी बंगलादेशविरुद्धको फाइनल खेलको नियमित समयको खेल सकिन १ मिनेट बाँकी रहँदा त्रिदेव गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले थ्री नेसन्स कपपछि राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए ।

किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध पहिलो रोजाईमै डेब्यु गर्दा २४ औं मिनेटमा घाइते हुन पुगेपछि उनको स्थानमा रितेश थापाले खेलेका थिए । त्यसको ९ महिनापछि नै फुटबलमा पूनरागमन गरेपनि उनी राष्ट्रिय टोलीबाट खेल्न झन्डै तीन वर्ष कुर्नुपरेको थियो । त्यसयता उनी राष्ट्रिया टोलीको पहिलो रोजाईका गोलरक्षक हुन् ।

बुधबार प्रि म्याचमा कन्फ्रेन्समा किरणले यो उपलब्धि हासिल गर्न पाउँदा निकै खुसी रहने बताएका थिए । उनले भनेका थिए ‘डेब्यु खेलमा नै घाइते भएपछि यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन । निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु । देशको लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.