2 years ago
September 5, 2021
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा आज (आइतबार) राति ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ । यि दुई टोली झन्डै दुई महिनाको अन्तरमा खेल्न लागेका हुन् । खेल एरिना कोरिन्थिएन्स साओ पाउलोमा नेपाल समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा ब्राजिल अर्जेन्टिनालाई हराउँदै गत जुलाईमा घरेलु मैदानमा कोपा अमेरिका […]
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा आज (आइतबार) राति ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ । यि दुई टोली झन्डै दुई महिनाको अन्तरमा खेल्न लागेका हुन् ।
खेल एरिना कोरिन्थिएन्स साओ पाउलोमा नेपाल समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा ब्राजिल अर्जेन्टिनालाई हराउँदै गत जुलाईमा घरेलु मैदानमा कोपा अमेरिका कपको फाइनलमा भोगेको हारको बदला र छनोटमा अपराजित रहने लक्ष्यसहित मैदान उत्रनेछ ।
दक्षिण अमेरिकी छनोटमा लगातार सातौ जित निकालेको ब्राजिलको ७ खेलबाट २१ अंक छ । अर्जेन्टिना ७ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । दक्षिण अमेरिकी छनोटबाट शीर्ष चारमा रहने टोलीले विश्वकपमा स्थान पक्का गर्नेछ । पाँचौ टोलीले प्ले अफ खेल्नुपर्नेछ ।
तर ब्राजिललाई मुख्य खेलाडीको अभाव खड्कनेछ । इंग्लिस प्रिमियर लिग खेल्ने ब्राजिली खेलाडीलाई क्लबले फुकुवा गरेका छैनन् । पहिलो रोजाईका गोलरक्षक एलिसन बेकर, कप्तान थियागो सिल्भा, फ्रेड, रेनान लोडी, गाब्रियल जेसस, रिचार्लीसन र रोबर्टाे फिर्मिनो अर्जेन्टिनाविरुद्धको खेलमा हुने छैनन् ।
तर टोलीसँग नेयमारसँगै युवा प्रतिभावान खेलाडीको साथ रहेको छ । गाब्रियल बार्बाेसा, क्यासमिरो, भिनिसियस जुनियर, मार्किन्हस, इडर मिलिसाओ र डानिलो टोलीमा रहेका छन् । ब्राजिलको पोस्ट वेभर्टनले सम्हाल्ने पक्का छ । एलेक्स सान्द्रो, लुकास पाक्वेटा, ब्रुनो गुइमाराइस, एर्भटन रिवेइरो, जर्सन, म्याथिअस कुन्हा, ड्यानी आल्भेस, हल्क र मिरान्डा पनि टोलीमा रहेका छन् ।
यता, छनोटमा अपराजित रहेको अर्जेन्टिना पनि ब्राजिललाई छनोटमा पहिलो हार चखाउने लक्ष्यमा मैदान उत्रनेछ । कप्तान लियोनेल मेस्सीले ब्राजिलविरुद्ध खेल्न प्रवल सम्भावना छ । मेस्सीले भेनेजुएलाविरुद्ध ३–१ को जि निकालेको खेलमा गम्भीर ट्याकलको सामना गर्नुपरेको थियो ।
टोलीसँग लोउटारो मार्टिनेज, एन्जल डि मारिया, गुइडो रोड्रिग्वेज, रोड्रिगो डि पउल, जियोभानी लो सेल्सो, मार्काेस एकुन्ना, निकोलस ओटामेन्डी, जर्मन पिज्जेला, नाहुल मोलिना र गोलरक्षक इमिलियानो मार्टिनेज रहेका छन् । यसबाहेक एन्जल कोरेआ, जोआक्विन कोरेआ, पाउलो डिबाला र पालासिओस पनि टोलीमा रहेका छन् ।
यि दुई टोलीबीचको पछिल्लो १४ भिडन्तमा दुवै टोलीले समान ६ खेलमा जित निकालेका छन् । दुई खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यि दुई टोलीले गत जुलाईमा कोपा अमेरिका कपको फाइलमा प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले १–० को जित निकालेको थियो । त्यसअघि सन् २०१९ को मैत्रीपुर्ण खेलमा ब्राजिलले १–० को जित निकालेको थियो ।
दक्षिण अमेरिकी छनोट अन्य खेल
इक्वेडरविरुद्ध चिली (सोमबार बिहान २ः४५ बजे)
पाराग्वेविरुद्ध कोलम्विया (सोमबार बिहान ३ः४५ बजे)
उरुग्वेविरुद्ध बोलिभिया(सोमबार बिहान ३ः४५ बजे)
पेरुविरुद्ध भेनेजुएला (सोमबार बिहान ६ः४५ बजे)
December 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यस बराबरीले काठमाडौंको ३ खेलमा ५ अंक भएको छ । शीर्षस्थानको धनगढीको ७ तथा ललितपुर र पोखराको समान ५-५ अंक छ । झापा २ अंकसहित आठौं स्थानमा छ […]
December 4, 2023
दिपक बोहरा ,पाँचथर मोरङको डाँगीहाट फुटबल क्लब पाँचथरमा जारी प्रथम किराँत गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। दार्जिलिङ युनाइटेट फुटबल क्लबलाई सोमबार ६-३ ले हराउँदै डाँगीहाट अन्तिम चारमा पुगेको हो । डाँगीहाटको जितमा सुजन धिमाल र अभिषेक लिम्बुले समान २ तथा उमेश राई, अरुण लिम्बु समान १ गोल गरे। दार्जिलिङका लागि रोहित थापा, आशिष राई […]
December 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत सोमबारको खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबबीच जारी पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । काठमाडौंले खेलमा दबाब कायम गरेपनि गोल गर्न सकेको छैन । कप्तान अन्जन विष्टको अनुपस्थितिमा झापाको आक्रमण आज कमजोर देखिएको छ । पाँचौं मिनेटमा काठमाडौंका प्रशान्त अवस्थीको कर्नरमा […]