4 years ago
September 6, 2021
एजेन्सी – अर्जेन्टिना र ब्राजिलबीच फिफा विश्वकप २०२२ कतारको छनोट अन्तर्गत ब्राजिलमा सुरु भएको खेल केहि मिनेटमा नै रोकिएसँगै औपचारिक रुपमा रद्द भएको छ ।

खेलको सातौं मिनेटमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधि अर्जेन्टिनी खेलाडीले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड तोडेको भन्दै मैदानभित्र नै प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनी खेलाडीलाई समाउन खोजेपछि रेफ्रीले खेल रोकेका थिए । केहीबेर दुवै टोलीका खेलाडीले सल्लाह गरेपनि एकछिनमा अर्जेन्टिनी टोली मैदान छोड्दै बाहिरिएको थियो । त्यसको केहिबेरमा रेफ्री टोली पनि मैदान छोड्दै टनेल भित्र पसे ।
यसबीचमा ब्राजिलका खेलाडी र अफिसियल भने एन्भिसा प्रतिनिधिसँग छलफलमा रहेका थिए । अर्जेन्टिनाको टोलीमा इंग्लिस प्रिमियर लिग खेल्ने ४ खेलाडी रहेको र ब्राजिल प्रवेश गर्न बेलायतबाट आउने जोकोहीले १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ । एन्भिसाले भने अर्जेन्टिनाका ती खेलाडीले नियम तोडेकाले डिपोर्ट (देश निकाला) गर्नुपर्ने दिउँसोदेखि नै बताएको थियो ।

तर ब्राजिल पुगेको तीन दिन बित्दापनि केहि खबर नपाएको भन्दै अर्जेन्टिनी टोलीले त्यसको विरोध जनाएको थियो । ब्राजिलियन संचारमाध्यमले भने यी ४ खेलाडीले आफ्नो विवरण लुकाएको भन्दै स्वास्थ्य प्रणालीलाई नै गुमराहमा राख्न खोजेको जनाएका छन् । नियमअनुसार यी ४ खेलाडीले या त देश छोड्नुपर्ने वा १४ दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान छ ।
एस्टन भिल्लाका एमिलियानो मार्टिनेज र एमिलियानो बुएन्डिया तथा टोटेनहम हट्स्परका क्रिस्टियन रोमेरो र जिओभानी लो सेल्सो अर्जेन्टिनी टोलीमा रहेका छन् । मार्टिनेज, रोमेरो र लो सेल्सोले अर्जेन्टिनाको सुरुवाती रोजाइमा नै खेलिरहेका कारण पनि एन्भिसाले खेल रोक्न बल प्रयोग गरेको थियो । आफ्नो ट्वीटरमार्फत एन्भिसाले यी खेलाडीले नियम तोडेको र त्यसै अनुरुप कारवाही हुने जनाएको छ ।
अन्य प्रिमियर लिग क्लबले आफ्नो खेलाडीलाई यस्तै समस्याका कारण दक्षिण अमेरिकी छनोट खेल्न दिएका थिएनन् । ब्राजिल आफैंले पनि प्रिमियर लिगमा खेलेका ९ खेलाडीलाई प्रयोग गर्न पाएन । अर्जेन्टिनाले भने क्लबहरुसँग समन्वय गर्दै समयमा नै खेलाडी छाड्ने आश्वासन दिएको थियो ।

अर्जेन्टिनाले मैदान छाडेको एक घण्टासम्म पनि ब्राजिलका खेलाडीले भने खेल सुचारु हुने आशमा मैदान छाडेका थिएनन् । तर खेल सुचारु हुन नसक्ने भएपछि रेफ्रीले खेल रद्द भएको घोषणा गरेका छन् । अब रेफ्रीले आफ्नो अधिकारिक रिपोर्टमा लेखेको विवरणका आधारमा फिफाको अनुशासन समितिले यस खेलबारे निर्णय गर्नेछ ।
यसैपनि दक्षिण अमेरिकी छनोटका खेल सम्पन्न गर्न फिफाले आफ्नो नियमित तालिका परिवर्तन गर्दै एकै अन्तर्राष्ट्रिय ब्रेकमा तीन खेल खेलाउन दिएको थियो । ब्राजिल र अर्जेन्टिनाको खेल रद्द हुँदा फिफालाई क्यालेन्डर मिलाउन कठिन हुने भएको छ । खेल पुन: सुचारु हुने वा अर्जेन्टिनालाई कारवाही हुने बारे फिफाको अनुशासन समितिले नै निर्णय गर्नेछ ।
हालसम्म सम्पन्न खेलमा भने ब्राजिल र अर्जेन्टिना दुवै अपराजित रहेका थिए । छनोटको शीर्षस्थानमा रहेको ब्राजिलले आफूले खेलेको सबै ७ खेलमा जित हासिल गर्दा अर्जेन्टिना दोस्रो स्थानमा अपराजित नै छ । अर्जेन्टिनाले ७ खेलमा ४ जित र ३ बराबरी खेलेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]