default_image

3 years ago

September 6, 2021

बुक्साको ह्याट्रिकमा पोल्यान्डको फराकिलो जित

एजेन्सी – सब्सिच्युट फरवार्ड एडाम बुक्साले इन्ज्युरी समयमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरेपछि पोल्यान्डले विश्वकप छनोटमा सानदार जित दर्ता गरेको छ । पोल्यान्डले घरेलु टोली सान मारिनोमाथि ७–१ को फराकिलो जित निकालेको हो । पोल्यान्डको जितमा कप्तान रोबर्ट लेवान्डोस्कीले दुई तथा कारोल स्वीडेर्सकी र कारोल लिनेट्टीले समान एक गोल गरे । घरेलु टोलीका निकोला […]

46 views

0 Bookmark

एजेन्सी – सब्सिच्युट फरवार्ड एडाम बुक्साले इन्ज्युरी समयमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरेपछि पोल्यान्डले विश्वकप छनोटमा सानदार जित दर्ता गरेको छ ।

पोल्यान्डले घरेलु टोली सान मारिनोमाथि ७–१ को फराकिलो जित निकालेको हो । पोल्यान्डको जितमा कप्तान रोबर्ट लेवान्डोस्कीले दुई तथा कारोल स्वीडेर्सकी र कारोल लिनेट्टीले समान एक गोल गरे । घरेलु टोलीका निकोला नाननीले एक गोल फर्काए ।

सान मारिनोमा आइतबार राति भएको खेलमा पोल्यान्डले खेलको चौथो मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । उनले कारोल लिनेट्टीको पासमा गोल गरेका थिए । १६औं मिनेटमा कारोल स्वीडेर्सकीले गोल गर्दै पोल्यान्डको अग्रता दोब्बर पारे ।

२१औं मिनेटमा कप्तान लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पोल्यान्डले खेलमा ३–० को आरामदायी अग्रता बनायो । ४४औं मिनेटमा लेवान्डोस्कीको पासमा कारोल लिनेट्टीले गोल गरेपछि पोल्यान्डले पहिलो हाफमा ४–० को आरामदायी अग्रता बनायो ।

४८औं मिनेटमा घरेलु टोलीका निकोला नाननीले एक गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याएका थिए । त्यसपछिको तीन गोल सब्सिच्युट एडाम बुक्साको नाममा रह्यो । उनी दोस्रो हाफको शुरु (४६ औं मिनेट) मा कप्तान लेवान्डोस्कीको स्थानमा मैदान छिरेका थिए ।

६७औं मिनेटमा पहिलो गोल गरेका बुक्साले इन्ज्युरी समयको थप गरिएको दोस्रो र चौथो मिनेटमा ह्याट्रिक पुा गर्दै पोल्यान्डलाई सानदार जित दिलाए ।

जितपछि पोल्यान्ड समूह ‘आई’ मा ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित सान मारिनोले अंकको खाता खोल्न सकेको छैन । यही समूहको अर्काे खेलमा इंग्ल्यान्डले एन्डोरामाथि ४–० को फराकिलो जित निकालेको थियो । अपराजित रहेको इंग्ल्यान्ड १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.