default_image

3 years ago

September 6, 2021

पुरुष पछि महिला टोलीको मैत्रीपूर्ण खेल– बंगाली टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – एकै सातामा राष्ट्रिय फुटबल टोलीको पुरुष र महिला टोलीले दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । पुरुषतर्फ नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण आइतबार भएको थियो । दोस्रो खेलमा नेपाल २–१ ले पराजित भएको थियो भने बिहीबार दुई टोलीले १–१ को बराबरी खेलेका थिए । यो र अर्को साता नेपाल र […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एकै सातामा राष्ट्रिय फुटबल टोलीको पुरुष र महिला टोलीले दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । पुरुषतर्फ नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण आइतबार भएको थियो । दोस्रो खेलमा नेपाल २–१ ले पराजित भएको थियो भने बिहीबार दुई टोलीले १–१ को बराबरी खेलेका थिए ।

यो र अर्को साता नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीच दुई मैत्रीपूर्ण खेल हुनेछ । जसका लागि बंगलादेशको टोलीले सोमबार काठमाडौं आइपुगेको छ । टोलीलाई महिला समितिकी अध्यक्ष बृन्दा देवान, वमन्स कमिटीकी संयोजक पेमा लामा, एन्फाका मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीलगायतले बंगलादेशी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । मैत्रीपुर्ण खेल पहिलो बिहीबार र दोस्रो आइतबार हुनेछ ।

महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ । जसमा ७ नयाँ खेलाडीले सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । नेपालले एसिया कप छनोटको तयारीका सिलसिलामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले हङकङ र फिलिपिन्ससँग अर्काे महिना खेल्दैछ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले असोज २ गते फिलिपिन्स तथा असोज ४ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोली भारतमा अर्को वर्ष हुने एसिया कपका लागि छनोट हुनेछ । अखिल नेपाल फुटबल संघले मैत्रीपूर्ण खेलका लागि भिआइपीतर्फ ५ सय र साधारणतर्फ २ सय रुपैयाँ टिकट दर तोकेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.