default_image

3 years ago

September 7, 2021

बार्सिलोना र सेभियाको खेल स्थगित

एजेन्सी – अर्काे साताको लागि तय भएको स्पेनिस ला लिगाको सेभिया र बार्सिलोना तथा भिल्लारियल र डिपोर्टिभो एलाभेसबीचको खेल स्थगित भएको छ । स्पेननको नेशनल स्पोर्ट्स काउन्सिल (सिएसडी) ले यो साताको लागि तय भएको मध्ये सेभिया र बार्सिलोना तथा भिल्लारियल र एलाभेसबीचको खेल स्थगित गर्ने निर्णय गरेको हो । यो दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) […]

54 views

0 Bookmark

एजेन्सी – अर्काे साताको लागि तय भएको स्पेनिस ला लिगाको सेभिया र बार्सिलोना तथा भिल्लारियल र डिपोर्टिभो एलाभेसबीचको खेल स्थगित भएको छ ।

स्पेननको नेशनल स्पोर्ट्स काउन्सिल (सिएसडी) ले यो साताको लागि तय भएको मध्ये सेभिया र बार्सिलोना तथा भिल्लारियल र एलाभेसबीचको खेल स्थगित गर्ने निर्णय गरेको हो । यो दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) को पछिल्लो घट्नाको प्रभाव हो ।

आइतबार रातिको लागि तय भएको दक्षिण अमेरिकी विश्वकप छनोटको खेलमा ब्राजिल र अर्जेन्टिनाबीचको खेल सातौं मिनेटपछि स्थगित भएको थियो । ब्राजिली स्वास्थ्य अधिकारीले ब्राजिल र अर्जेन्टिनाबीचको खेल चलिरहँदा मैदानमा पुग्दै अर्जन्टिनी खेलाडीलाई निकाल्ने प्रयास गरेको थियो ।

इंग्लिस प्रिमियर लिग खेल्ने अर्जेन्टिनी खेलाडीले ब्राजिलमा आउदा कोभिडको स्वास्थ्य मापदण्ड तोडेको भन्दै ब्राजिली स्वास्थ्य अधिकारीले मैदानमा प्रवेश गरेपछि रेफ्रीले खेल रोकेका थिए । त्यसपछि खेल सुचारु हुन सकेन ।

स्पेनिस ला लिगा क्लबले अन्तर्राष्ट्रिय विश्रामका लागि खेलाडीहरुलाई आ–आफ्नो देशमा पठाएका थिए । स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले खेल स्थगित गर्नुपर्ने अवस्था नरहेपनि सिएसडीको अपिल पछि खेल स्थगित गर्न पुगेको बताइएको छ ।

सेभिया र बार्सिलोनाबीचको खेल शनिबार रातिको लागि तय थियो । त्यसको तीन दिनपछि बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्दैछ । सेभियाको टोलीमा अर्जेन्टिनाबाट खेलेका गोन्जलो मोन्टेल, पप्पु गामेज र मार्काेस एकुना रहेका थिए ।

अर्जेन्टिनाले शुक्रबार नै विश्वकप छनोटमा बोलिभियासँग खेल्दैछ । जुन सेभिया र बार्सिलोनाको खेलभन्दा झन्डै १२ घन्टा अघि हुनेछ । भिल्लारियलले ११ सेप्टेम्वरमा घरेलु मैदानमा एलाभेससँग खेल्ने तालिका थियो । त्यसपछि १४ सेप्टेम्बर च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इटालियन क्लब एटलान्टासँग खेल्ने तालिका छन् । यसको अर्थ ला लिगाका दुई खेल रोकिएपनि उनीहरुले खेल्ने च्याम्पियन्स लिग लगायत अन्य खेलहरु रोकिने छैनन् । खेलाडीहरु च्याम्पियन्स लिगलाई उपलब्ध हुनेछन् ।

स्पेनिस फुटबल फेडेरेसनले खेल स्थगित गर्न नचाहेपछि ला लिगाका अध्यक्ष जेभियर टेवासले स्पेनिस सरकारले सिएसडीको माध्यमबाट आएको आग्रहलाई स्वीकार गर्दै ला लिगाको दुई खेल स्थगित गर्ने निर्णय गरेको हो । यसको अर्थ यि चार क्लबले यो समयमा खेल्नु नपर्दा फाइदा रहेपनि उनीहरुले यो चरणको खेल अन्य कुनै समयमा खेल्नुपर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.