default_image

3 years ago

September 8, 2021

‘बंगलादेशविरुद्ध खेल्न टोली तयार’ – प्रशिक्षक फिलिप्स

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलअघि नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आफ्नो टोली तयार रहेको बताए । खेलअघि प्रि म्याच कन्फ्रेन्समा बोल्दै नेपाली टिमका प्रशिक्षक ग्यारी फिलिप्सले यो खेल आफ्ना खेलाडीहरुका लागि धेरै कुरा सिक्ने अवसरको रुपमा रहेको बताएका छन् । ‘यो मैत्रीपुर्ण खेल हाम्रो एएफसी छनोटका लागि ठुलो मौका […]

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलअघि नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आफ्नो टोली तयार रहेको बताए ।

खेलअघि प्रि म्याच कन्फ्रेन्समा बोल्दै नेपाली टिमका प्रशिक्षक ग्यारी फिलिप्सले यो खेल आफ्ना खेलाडीहरुका लागि धेरै कुरा सिक्ने अवसरको रुपमा रहेको बताएका छन् । ‘यो मैत्रीपुर्ण खेल हाम्रो एएफसी छनोटका लागि ठुलो मौका हो, केही खेलाडीहरु चोटग्रस्त छन् तर अहिले हामी राम्रो गरिरहेका छौं,’ ग्यारीले भने, ‘आफुसँग सावित्रा नभएपनि टिममा मजबुत २३ सदस्यीय टोली रहेको र सबैले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु ।’

प्रशिक्षक फिलिप्सले टोलीमा आन्तरिक प्रतिस्पर्धा धेरै रहेकोले यसले टोलीलाई फाइदा पुग्ने बताए । ‘लगभग सबै पोजिसनमा प्रतिस्पर्धा छ । गोलरक्षकमा पनि तीनै खेलाडी सुरुवाती रोजाइमा पर्न संघर्षरत छन् । डिफेन्सको कुनै पोजिसनमा अनुभवको कमी छ,’ उनले भने, ‘दुवै खेलमा खेल्न २३ खेलाडी तयार छन् ।’

प्रशिक्षक फिलिप्सले सरु लिम्बुको उपस्थितिले टोलीलाई सहज हुने पनि बताए । ‘सरु विशेष खेलाडी हुन् । उनी सधैं बलको वरपर रहने खेलाडी हुन् । हामीले उनलाई कुनै रणनीतिमा बाँध्ने भन्दापनि स्वतन्त्र रुपमा खेल्न दिनेछौं,’ उनले भने, ‘ आक्रमणमा उनको प्रभाव रहन्छ । यसो भन्दा डिफेन्समा पनि उनीबाट आशा गरिरहेका छौं ।’

उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोट अघि नेपाल र बंगलादेशले दुई मैत्रीपुर्ण खेल खेल्न लागेको हो । नेपाली महिला टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेल्दैछ । पहिलो मैत्रीपुर्ण खेल बिहीबार दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुनेछ । दुवै खेल साँझ ५ बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा दुई खेल खेल्नेछ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले १८ सेप्टेम्वरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.