4 years ago
September 8, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशको महिला राष्ट्रिय टोलीबीचका दुई मैत्रीपूर्ण खेल डिश होमको एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

नेपाल र बंगलादेशको पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ । दुवै खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । नेपाली राष्ट्रिय टोलीले दशरथ रंगशालामा पहिलो पटक खेल्न लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधारले एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिए । एन्फा र डिश होमबीच बिहीबारनै सम्झौता हुने तय भएको तुलाधरले बताए ।
अर्को महिना उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोटको तयारीका सिलसिलामा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एसियन कप छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]