default_image

3 years ago

September 9, 2021

साफको तयारीको लागि नेपाली टोली कतार जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना माल्दिभ्समा आयोजना हुने दक्षिण एसियाली फुटबलको चर्चित प्रतियोगिता साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली शुक्रबार कतार जाने भएको छ। नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायत एन्फाका पदाधिकारीले २४ खेलाडी र अन्य अफिसियललाई […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना माल्दिभ्समा आयोजना हुने दक्षिण एसियाली फुटबलको चर्चित प्रतियोगिता साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली शुक्रबार कतार जाने भएको छ।

नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायत एन्फाका पदाधिकारीले २४ खेलाडी र अन्य अफिसियललाई बिदाई गरे । टोली शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी यसअघि नै कतार गइसकेका छन् । टोलीमा मुख्य डिफेन्डर रोहित चन्द इन्डोनेसियाबाट कतार जाँदै टोलीको प्रशिक्षणमा जोडिनेछ ।

असोज १५ गते शुरु हुने १३औं संस्करणको साफ च्याम्पियनसिपको लागि नेपाली टोली असोज ११ गते कतारबाटै माल्दिभ्स प्रस्थान गर्नेछ । ५ राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप १ देखि १६ अक्टोवर (१५ देखि ३० असोज) सम्म माल्दिभ्सको मालेमा आयोजना हुनेछ ।

आयोजक समेत रहेको साविक विजेतासँग असोज १५ गते खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफको सेमिफाइनलपछि नेपाल र माल्दिभ्सबीच पहिलोपटक भेट हुनेछ । त्यतिबेला नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो ।

मालेमा हुने च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध १८ असोजमा खेल्नेछ । त्यस्तै तेस्रो खेल नेपाली टोली साफको सर्वाधिक सफल टोली भारतसँग २४ असोजमा तथा राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले २७ असोजमा बंगलादेशसँग खेल्नेछ । राउन्ड लिगपछि शीर्ष दुई टोलीले ३० असोजमा फाइनल खेल्नेछ । नेपाली टोलीले अहिलेसम्म साफको सेमिफाइनल पार गर्न सकेको छैन ।

२५ सदस्यीय टोली :
किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ज्यु ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.