default_image

3 years ago

September 9, 2021

प्रितीको ड्रिम ‘डेब्यू’

काठमाडौं (हाम्रो खेलकुद)– ‘अरुको ठाँउ लिने भन्दा पनि म आफ्नै ठाँउ बनाउन कोशिस गर्नेछु’, पहिलो पटक राष्ट्रिय महिला राष्ट्रिय टोलीमा पर्न सफल भएपछि प्रिती राईले भनेकी थिइन् । साच्चै उनले भने जस्तै आफ्नो ठाँउ बनाउने गरि डेब्यू खेलमा प्रदर्शन गरेकी छिन् । महिला टोलीको दशरथ रंगशालामा बिहीबार डेब्यू खेल । त्यहि मार्फत सिनियर टोलीबाट आफ्नो […]

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ‘अरुको ठाँउ लिने भन्दा पनि म आफ्नै ठाँउ बनाउन कोशिस गर्नेछु’, पहिलो पटक राष्ट्रिय महिला राष्ट्रिय टोलीमा पर्न सफल भएपछि प्रिती राईले भनेकी थिइन् । साच्चै उनले भने जस्तै आफ्नो ठाँउ बनाउने गरि डेब्यू खेलमा प्रदर्शन गरेकी छिन् ।

महिला टोलीको दशरथ रंगशालामा बिहीबार डेब्यू खेल । त्यहि मार्फत सिनियर टोलीबाट आफ्नो डेब्यू । टोलीले बंगलादेशलाई मैत्रीपूर्ण खेलमा २–१ ले जित्दा एक गोल । पूरा ९० मिनेट खेल्दै अन्त्यमा खेलकै सर्वोत्कृष्ट खेलाडी बन्दै २५ हजार रुपैयाँ पुरस्कार ।

संयोगवश महिलाहरुको महान चाड हरितालिकाको दिन भएको खेलमा प्रितीको प्रदर्शन छोटकरीमा भन्दा यस्तो रह्यो । व्यक्तिगत प्रदर्शन र टोलीमा छाडेको प्रभाव हेर्दा यसलाई उनको ड्रिम डेब्यू भन्दा फरक पर्दैन ।

‘म अझै यो भन्दा राम्रो गर्न सक्छु भन्ने विश्वास छ’, प्रितीले खेलपछिको पत्रकार सम्मेलनमा भनिन्, ‘मलाई प्रशिक्षकले विश्वास गर्नुभयो। त्यो मौकालाई सदुपयोग गर्न कोशिस गरे । अझै राम्रो गर्नुपर्नेछ ।’

उमेर समूहमा टोलीको नेतृत्व समेत गरिसकेकी प्रिती आशा गरिएकी खेलाडी हुन् । मुख्य स्ट्राइकर सावित्रा भण्डारी सम्बा चोटका कारण टोलीमा प्रितीबाट बढी अपेक्षा गरिएको थियो । डेढ वर्ष अघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) को छनोटमा परेर पनि अन्तिम टोलीमा पर्न असफल १७ वर्षे प्रितीले पहिलो मौकामा नै भरपुर उपयोग गरेकी छिन् । जसले उनले भने जस्तै टोलीमा आफ्नो ठाँउ बनाउनका लागि पक्कै मद्दत पुग्नेछ ।

एपिएफ क्लबबाट व्यसायिक फुटबल खेल्दै आएकी प्रितीले गत माघ फागुनमा आयोजना भएको राष्ट्रिय लिग पहिलो पटक खेलेकी थिइन् । प्रितीसँगै सविता रानामगरले पनि डेब्यू खेललाई यादगार बनाइन् । रौतहटकी सविताले टोलीका लागि पहिलो गोल गरेकी थिइन् । उनले १३ औं मिनेटमा गोल गरेकी थिइन् । विमला चौधरीको क्रसलाई सविताले बंगलादेशी गोलकिपर रुन्पा चक्मा र डिफेन्डरलाई बिट गर्दै हेडमार्फत गोल गरेकी थिइन् ।

प्रितीले २३ औं मिनेटमा गोल गरेकी थिइन् । सरु लिम्बुले लिएको चलाखीपूर्ण पासमा प्रितीले एक डिफिन्डरलाई विट गर्दै पेनाल्टी बक्स बाहिरबाट गोल गरेकी थिइन् । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको बंगलादेशले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो ।

८३ औं मिनेटमा मैदान प्रवेश गरेको एक मिनेटमै थाउरा खातुनले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । नेपाली टोलीका लागि डेब्यु गरेकी प्रितिले पूरा अवधि खेलेकी थिइन् । उनको प्रदर्शनलाई प्रशिक्षक ग्यारी फिलिप्सले पनि प्रशंसा गरे ।

यसटक सात खेलाडी राष्ट्रिय टालीमा परेका थिए भने त्यसमध्ये प्रिती र सवितासहित ४ खेलाडीले डेब्यूको अवसर पाए । परिवर्तित खेलाडीका रुपमा सृजना सिंह र रश्मीकुमारी घिसिङले डेब्यू गरे । हिराकुमारी भुजेलको ठाँउमा सृजना ८३ औं मिनेटमा र मन्जलीकुमारी योन्जनको ठाँउमा रश्मी ८५ औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यू गरेका थिए ।

असोजको पहिलो साता उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोटको तयारीका क्रममा नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल्दैछ । दोस्रो खेल आइतबार हुनेछ । उज्वेकिस्तानमा नेपालले फिलिपिन्स र हङकङसँग छनोट खेल्नेछ । तीन टोलीले एक अर्कासँग खेलेपछि समूहको शीर्ष टोली यसै वर्ष भारतमा आयोजना हुने एसियन कपका लागि छनोट हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.