default_image

4 years ago

September 10, 2021

चिलीमाथि कोलम्वियाको जित

149 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा कोलम्वियाले चिलीलाई पराजित गरेको छ । कोलम्वियाले घरेलु मैदानमा चिलीमाथि ३–१ को सहज जित हात पारेको हो ।

कोलम्वियाका शुक्रबार बिहान भएको खेलका घरेलु टोलीको जितमा मिगुइल बोर्जाले दुई तथा लुइस डियाजले एक गोल गरे । चिलीका जिन मेनेसेसले एक गोल फर्काए । खेलको १९औं मिनेटमा मिगुइल बोर्जाले पेनाल्टीमार्फत गोल गर्दै कोलम्वियालाई १–० को अग्रता दिलाए ।

त्यसको एक मिनेटपछि नै बोर्जाले राफायल सान्तोष बोर्रेको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै कोलम्वियालाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५६औं मिनेटमा जिन मेनेसेसले गोल गदै चिलीलाई खेलमा फर्काउने संकेत दिए । उनले इरिक पुल्गरको पासमा गोल गरेका थिए ।

७४औं मिनेटमा लुइस डियाजले रोजर मार्टिनेजको पासमा गोल गर्दै कोलम्वियालाई ३–१ को सहज जित दिलाए । यो जितसँगै कोलम्विया ९ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । पराजित चिली ७ अंकसहित आठौं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा उरुग्वेले इक्वेडरलाई १–० ले पराजित गरेको छ । उरुग्वेको जितमा गास्टन पेरेइरोले खेलको अन्तिम समयमा विजयी गोल गरे । यो जितपछि उरुग्वे ९ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित इक्वेडर १३ अंक जोडेर चौथौ स्थनमा झरेको छ ।

यस्तै अर्काे खेलमा पाराग्वेले भेनेजुएलालाई २–१ ले पराजित गरेको छ । पाराग्वेको जितमा हेक्टर मार्टिनेज र एलेसान्द्रो रोमेरोले गोल गर्दा भेनजुएलाका जोन चान्सेलरएल गोल फर्काए । यो नतिजापछि पाराग्वेको ९ खेलबाट ११ अंक पुगेको छ । भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.