default_image

3 years ago

September 11, 2021

रोनाल्डोको दुई गोलमा म्यानचेस्टर युनाइटेडको सानदार जित

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलमै दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा रोनाल्डोले दुवै हाफमा अग्रता दिलाउने गोल गरेपछि म्यानचेस्टर युनाइटेड ४-१ ले विजयी भयो । रोनाल्डोले पहिलो हाफमा गरेको गोललाई दोस्रो हाफमा जाभिएर मान्किलोले बराबरी गरेका थिए […]

133 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलमै दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा रोनाल्डोले दुवै हाफमा अग्रता दिलाउने गोल गरेपछि म्यानचेस्टर युनाइटेड ४-१ ले विजयी भयो । रोनाल्डोले पहिलो हाफमा गरेको गोललाई दोस्रो हाफमा जाभिएर मान्किलोले बराबरी गरेका थिए । त्यसको केहीबेरमा नै रोनाल्डोले गोल फर्काउँदै युनाइटेडलाई पुन: अग्रता दिलाए । त्यसपछि अन्त्यतिर ब्रुनो फर्नान्डेसले दर्शनीय गोल गर्दै जित सुनिश्चित गरे । जेसे लिंगार्डले अन्त्यमा एक गोल थपे ।

रोनाल्डोले पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । मेसन ग्रिनवुडको प्रहार गोलरक्षक फ्रेडी वुडम्यानले रोकेपछि आएको रिबाउन्डमा रोनाल्डोले सहजै गोल गर्दै अग्रता दिलाएका थिए । त्यसअघि राफाएल भारानको हेडर पोस्टमा लागेर फर्कंदा म्यानचेस्टर युनाइटेड अघि बढ्नबाट चुकेको थियो ।

दोस्रो हाफको ५६ औं मिनेटमा पाहुना टोलीले खेल बराबरीमा ल्यायो । काउन्टर अट्याकमा मान्किलोले सुन्दर फिनिस गर्न सफल भएका थिए । एलन सेन्ट माक्सिमिनको पासलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । रोनाल्डोले त्यसको ६ मिनेटपछि नै व्यक्तिगत दोस्रो गोल गरे । लुक शाको पासलाई रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र लग्दै गरेको प्रहार गोलरक्षक वुडमनको खुट्टा मुनिबाट गोल भएको थियो ।

८० औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै म्यानचेस्टर युनाइटेडको अग्रता दोब्बर पारे । पल पोग्बाले दिएको पासलाई नियन्त्रणमा ल्याउँदै झन्डै २५ यार्ड टाढाबाट उनले गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो । इन्ज्युरी समयको दोस्रो मिनेटमा लिंगार्डले सुन्दर गोल गरे । उनले पोग्बाको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट गोलमा परिणत गरे ।

यस जितसँगै म्यानचेस्टर युनाइटेड ४ खेलमा १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । न्युकासल भने ४ खेलमा जम्मा १ अंकसाथ पुछारबाट दोस्रो स्थानमा छ ।

त्यसअघि प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा हार बेहोरेको थियो । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको टोटेनहम घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले स्तब्ध बनेको हो ।

क्रिस्टल प्यालेसले पहिलो जित हात पार्दा प्रिमियर लिगमा डेब्यु गरिरहेका ओडसोन इडुआर्डले दुई तथा विलफ्रेड जाहा एक गोल गरे । सेलहर्स्ट पार्क लन्डनमा शनिबार राति भएको खेलको दोस्रो हाफमा टोटेनहम १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा घरेलु टोलीले उठाउन सफल भएको थियो । ५८औं मिनेटमा जाफेट टान्गान्गा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहम संकटमा परेको थियो ।

७६औं मिनेटमा वेलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । कोनोर गाल्लाघरको क्रसलाई पेनाल्टी बक्समा बेन डेभिसले हातले बल छोएपछि रेफ्रीले क्रिस्टललाई पेनाल्टी प्रदान गरे । जसमा जाहा चुकेनन् ।

८४औं मिनेटमा इडुआर्डले जाहाकै पासमा गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर पारे । यसै ट्रान्सफर विन्डोमा प्यालेस आएका उनले मैदान प्रवेश गरेको २७ सेकेन्डमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इडुआर्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोटेनहमलाई ३–० ले स्तब्ध पारे । उनले काउन्टर अट्याकमा गालाघरको पासलाई गोलमा परिणत गर्दै डेब्यु यादगार बनाए ।

यो जितसँगै क्रिस्टल प्यालेसको ४ खेलबाट ५ अंक पुगेको छ । पराजित टोटेनहमको ४ खेलबाट ९ अंक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.