default_image

4 years ago

September 12, 2021

पहिलो हाफ – नेपाल र बंगलादेशको बराबरी

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफ बराबरी खेलेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले केही आक्रमण बुनेपनि सफलता हात पार्न सकेनन् ।

खेलको छैटौ मिनेटमा गोलरक्षक अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै गरेको क्रसमा पेनाल्टी बक्समा मोस्सामत सोप्नाले सुवर्ण अवसर पाएपनि प्रहार गर्न ढिला गर्दा आँफैले फल गर्न पुगिन् ।

नवौं मिनेटमा अमृता जैशीको भली प्रहारलाई बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले दोस्रो प्रयासमा नियन्त्रणमा लिइन् । लगत्तै १०औं मिनेटमा सरु लिम्बुको प्रहारलाई गोलरक्षक चक्माले पञ्च गर्दै चाउँदा नेपाल अग्रता लिनबाट चुक्यो ।

२०औं मिनेटमा रश्मी कुमारी घिसिङको पासमा सरु लिम्बुले पेनाल्टी बक्स नजिकै अवसर पाएपनि मसुरा परभिनले क्लियर गरिदिइन् । ३०औं मिनेटमा श्रीमोती सरकारको पेनाल्टी सरकारको प्रहार क्रसबारमा लागेर बाहिररिदा नेपालको संकट ट¥यो । दोस्रो हाफ केही बेरमा शुरु हुनेछ ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले अहिलेसम्म बंगलादेशसँग हार बेहोरेको छैन । हालसम्म खेलेका ७ खेलमा नेपालले ६ जित र १ बराबरी खेलेको छ ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोटअघि नेपाल र बंगलादेशसँग मैत्रीपुर्ण खेल खेलेको हो । नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा १८ सेप्टेम्वरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.