default_image

3 years ago

September 13, 2021

शल्यक्रिया गर्नुपर्ने भएपछि पुनम उज्वेकिस्तान गइनन्

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोलीकी रक्षक पुनम जर्घा मगरको मुटुको शल्यक्रिया गर्नुपर्ने भएको छ । राष्ट्रिय टोलीले गत साता गराएको प्रि– कम्पिटिसन मेडिकल एसेसमेन्ट (पिसिएमए) उनको मुटुमा समस्या देखिएको थियो । पुनमका अनुसार डाक्टरहरुले केहि दिनपछि शल्यक्रियाको मिति तय हुनेछ । महिला टोली सोमबार उज्वेकिस्तान जाँदा पुनम टोलीका साथ हुने छैनन् । पहिलो […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोलीकी रक्षक पुनम जर्घा मगरको मुटुको शल्यक्रिया गर्नुपर्ने भएको छ । राष्ट्रिय टोलीले गत साता गराएको प्रि– कम्पिटिसन मेडिकल एसेसमेन्ट (पिसिएमए) उनको मुटुमा समस्या देखिएको थियो । पुनमका अनुसार डाक्टरहरुले केहि दिनपछि शल्यक्रियाको मिति तय हुनेछ ।

महिला टोली सोमबार उज्वेकिस्तान जाँदा पुनम टोलीका साथ हुने छैनन् । पहिलो खेलपछि नै मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पुनम टोलीमा नहुने बताइसकेका छन् । स्वास्थ्यमा समस्या देखिएर थप उपचार गराउनु पर्ने भएपछि फिलिप्स र टोलीले पुनमलाई बंगलादेशविरुद्धको पहिलो खेलमा सम्मान दिने निर्णय लिएको थियो ।

सोही योजना अनुसार बंगलादेशविरुद्ध खेलमा नेपाली टोलीको लाइनअप मैदान प्रवेश गर्ने क्रममा १२ खेलाडी मैदान छिरे । पुनम १२ औं खेलाडीका रुपम मैदान प्रवेश गरेकी थिइन् । राष्ट्रिय गानको धुन सकिएसँगै पुनम लाइनअपबाट अलग्गिएर पुनः बेन्च फर्किएकी थिइन् ।

नेपाली फुटबलमा झन्डै एक दशकयता खेल्दै आएकी पुनमका लागि पनि टोलीले सम्मान गर्ने निर्णय गरेको थियो । पुनम त्यसक्रममा निकै भावुक पनि देखिएकी थिइन् । खेलाडीले राष्ट्रिय गान सकिएपछि उनी बेन्च फर्कंदा ताली बजाएर सम्मान दिएका थिए ।

‘हामीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी पाएपछि के गर्न सकिन्छ भन्ने छलफल गर्यौं । उनले नै टोलीलाई मैदानभित्र लिड गर्ने भनेका थियौं । राष्ट्रिय गानमा सरिक भएपछि योजनाअनुसार नै बेन्चमा फर्किएकी थिइन्, हामीले गर्न सक्ने सम्मान दिएका हौं,’ प्रशिक्षक फिलिप्सले भनेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा पनि पटक पटक सम्मानस्वरुप विभिन्न खेलाडी एवं कतिपय अवस्थामा खेलाडीका नजिकका नातेदारलाई यस्तो सम्मान दिने गरिन्छ ।

पहिलो खेलमा उक्त सम्मानपछि उनले दोस्रो खेल भने दर्शक दीर्घामा रहेर हेरेकी थिइन् । अब शल्यक्रियापछि खेल्न सक्ने वा नसक्ने बारे निर्णय पछि लिने बुझिएको छ । एन्फाले पनि उनको उपचारमा सहयोग गर्ने बताइएको छ । राष्ट्रिय टोलीबाट सन् २०१४ यता निरन्तर खेल्दै आएकी उनी घरेलु फुटबलमा एक दशकयता खेलिरहेकी छिन् ।

यो पनि : एसियन कप छनोट खेल्न महिला टोली उज्वेकिस्तान प्रस्थान

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.