default_image

3 years ago

September 14, 2021

च्याम्पियन्स लिग – सम्पुर्ण जानकारी

एजेन्सी – युरोपियन क्लब फुटबलको सबैभन्दा चर्चित र रोमाञ्चक युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२१–२२ आज (मंगलबार) देखि सुरु हुँदैछ । पहिलो दिन समूह चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुनेछ । मंगलबार राति समुह ‘ई’, समूह ‘एफ’, समूह ‘जी’ र समूह ‘एच’ को खेलहरु हुनेछन् । समूह ‘एफ’ मा स्वीट्जरल्यान्डको योङ ब्वाइजले घरेल मैदानमा इंग्लिस […]

29 views

0 Bookmark

एजेन्सी – युरोपियन क्लब फुटबलको सबैभन्दा चर्चित र रोमाञ्चक युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२१–२२ आज (मंगलबार) देखि सुरु हुँदैछ । पहिलो दिन समूह चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

मंगलबार राति समुह ‘ई’, समूह ‘एफ’, समूह ‘जी’ र समूह ‘एच’ को खेलहरु हुनेछन् । समूह ‘एफ’ मा स्वीट्जरल्यान्डको योङ ब्वाइजले घरेल मैदानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । यही समूहमा स्पेनिस क्लब भिल्लारियलले इटालियन क्लब एटलान्टाको सामना गर्दैछ ।

समूह ‘जी’ मा स्पेनिस क्लब सेभियाले घरेलु मैदानमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग खेल्दैछ । फ्रान्सेली क्लब लिलले घरेलु मैदानमा जर्मन क्लब वल्फ्सवर्गसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘ई’ मा क्याटलान क्लब बार्सिलोनाले जर्मन महारथी बायर्न म्युनिखसँग खेल्दैछ । यो खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । बार्सिलोना १५ अगस्ट २०२० मा भएको क्वाटरफाइनलमा भोगेको ८–२ को लज्जास्पद हारको बदला लिने लक्ष्यमा मैदानमा उत्रनेछ । बायर्न सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । यही समूहमा युक्रेनी क्लब डेनामो किएभले पोर्चुगिज क्लब बेन्फिकासँग खेल्दैछ ।

समूह ‘एच’ मा च्याम्पियन लिगको साविकको विजेता इंग्लिस क्लब चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गसँग स्टामफोर्ड ब्रिजमा खेल्दैछ । यही समूहका स्वीडेनको माल्मो एफसीले इटालियन महारथी युभेन्ट्सको आतिथ्यता गर्दैछ ।

समूह ‘एफ’

योङ ब्वाइजविरुद्ध म्यानचेस्टर युनाइटेड (राति १०ः३० बजे) वान्कडर्फ बर्न स्वीट्जरल्यान्ड

भिल्लारियलविरुद्ध एटलान्टा (राति १२ः४५ बजे) भिल्लारियल स्पेन

समूह ‘जी’

सेभियाविरुद्ध साल्जवर्ग (राति १०ः३० बजे) रोमन सान्चेज पिजुवान सेभिया, स्पेन

लिलविरुद्ध वल्फ्सवर्ग (राति १२ः४५ बजे) फ्रान्स

समूह ‘ई’

बार्सिलोनाविरुद्ध बायर्न म्युनिख (राति १२ः४५ बजे) क्याम्प नोउ बार्सिलोना स्पेन

डेनामो किएभविरुद्ध बेन्फिका (राति १२ः४५ बजे) एनएसके किएभ युक्रेन

समूह ‘एच’

चेल्सीविरुद्ध जेनिथ सेन्ट पिटर्सवर्ग (राति १२ः४५ बजे) स्टामफोर्ड ब्रिज लन्डन

माल्मोविरुद्ध युभेन्ट्स (राति १२ः४५ बजे) माल्मो स्वीडेन

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.