default_image

10 years ago

September 13, 2015

राष्ट्रिय लिगमा भोलि मनाङ र पुलिस भिड्दै

274 views

0 Bookmark

लक्षमी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भोली हुने राष्ट्रिय लिगको ३३औं खेलमा आमने सामने हुँदैछन्|
Manang Marshyangdi Club Sushil KC and SUdhan Thapa FWFC
वैशाख १२ गतेको भुकम्प पश्चात रोकिएको लिग फुटबल भोलिबाट पुन सुचारु हुँदैछ| घरेलु फुटबलका दुई चिर प्रतिद्वन्दिबिचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ| साफ यु१९ च्याम्पिएनसिप आयोजना गरिएको एष्ट्रो टर्फ भएको मैदानमा पहिलोपटक क्लब फुटबलको खेल आयोजना हुँदैछ| एन्फाले टिकट दर रु.४०० र रु.२०० तोकिसकेको छ|
लिगको छैटौं स्थानमा रहेको पुलिसको सात अंक छ भने मनाङ ११ अंक सहित पाचौं स्थानमा छ| भोलिको खेलमा पुलिसका लागि रविन श्रेष्ठ र भोला सिलवाल खेल्ने छैनन् भने रितेश थापा खेल्ने निश्चित छैन| विनोद कार्की र भर्खरै राष्ट्रिय टोलीमा डेब्यु गरेका भरत शाहको भरमा उत्रने पुलिसलाई मनाङको डिफेन्स तोड्न गाह्रो पर्नेछ| दुई विदेशी खेलाडी सेन्टर ब्याक रहेका मनाङका लागि खेलाडी छनौटमा धेरै विकल्प छन्|
दिउसो ३:३०मा खेल सुरुभएसंगै नेपालको घरेलु फुटबल पनि सुचारु हुनेछ

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.