default_image

3 years ago

September 16, 2021

‘एसियन कप छनोट नेपालका लागि अवसर’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि एसियन च्याम्पियनसिपको छनोट अवसर रहेको बताएका छन् । प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक फिलिप्सले खेलाडीलाई प्रतिभा देखाउने अवसर रहेको बताए । ‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रवर्द्धनका लागि मात्र होइन, आफ्नो खेल र क्षमता देखाउने अवसरको रुपमा लिनुपर्छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि एसियन च्याम्पियनसिपको छनोट अवसर रहेको बताएका छन् ।

प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक फिलिप्सले खेलाडीलाई प्रतिभा देखाउने अवसर रहेको बताए । ‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रवर्द्धनका लागि मात्र होइन, आफ्नो खेल र क्षमता देखाउने अवसरको रुपमा लिनुपर्छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपिएको छ । हामि राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त छौं,’ उनले भने ।

फिलिपिन्सका प्रशिक्षक मार्लोन मारोले टोलीमा उत्कृष्ट खेलाडी समावेश नभएपनि राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताए । ‘कोभिड -१९ का कारण धेरै टोलीहरुलाई कठिनाइ भएको छ। हाम्रा पनि धेरै खेलाडी व्यावसायिक जिम्मेवारीमा जापान, अमेरिका लगायत देशमा रहेकाले सामेल हुन सकेनन् । तथापी पर्याप्त अनुभव भएका युवा खेलाडीहरु भएकोले हामी राम्रो खेल प्रदर्शन गर्नेछौं,’ उनले भने ।

हङकङका प्रशिक्षक जोसे रिकार्डो राम्बोले तयारी राम्रो रहेक बताए । ‘कोरोनाको समयमा पनि पनि हामीले प्रशिक्षणलाई निरन्तरता दिएका थियौं । हाम्रो तयारी पनि राम्रो छ । अधिकांश खेलाडी एकेडेमीका भएकाले पनि हाम्रो टोली बलियो छ,’ उनले थपे ।

उज्वेकिस्तानको ताश्केतस्थित जेएआर स्टेडियममा हुने छनोटमा नेपाल रहेको समूह ‘एफ’ मा र फिलिपिन्स र हङकङ रहेको छ । नेपालले फिलिपिन्ससँग २ असोजमा खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेल ५ असोजमा हुने छ । यस समूहको फिलिपिन्स र हङकङबीचको ८ असोजमा हुनेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । सन् २०२३ मा हुने विश्वकपको लागि पनि यहि प्रतियोगिता छनोटको एक चरणका रुपमा रहेको छ ।

नेपालले सन् १९९९ मा फिलिपिन्ससँग एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५-० को हार बेहोरेको थियो । यस्तै हङकङसँग सन् १९८६ मा १-० र १९८९ मा ३-० को हार बेहोरेको थियो । नेपालको एपीएफ महिला टोलीले भने हङकङको राष्ट्रिय टोलीलाई सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ३-१ ले पराजित गरेको थियो ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको लागि नेपाली टोलीले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपुर्ण खेलमा नेपालले सविता रानामगर र प्रीति राईले डेब्यु खेलमै गोल गरेपछि नेपालले २–१ को जित निकालेको थियो । दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

बंगलादेशसँगको दुई खेलबाट ५ खेलाडीले सिनियर टोलीमा डेब्यु गरेका थिए । प्रशिक्षक ग्यारीले सविता रानामगर, प्रीति राई, रश्मी कुमारी घिसिङ, सिर्जना सिंह ठकुरी र रजनी ठोकरलाई डेब्यु दिएका थिए । रजनीले दोस्रो खेलको अन्त्यतिर डेब्यु पाएकी थिइन् । अब टोलीमा रहेका डिफेन्डरद्वय विमला विक र निशा थोकरले डेब्यु गर्न बाँकी छ ।

टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स, सहायक प्रशिक्षकमा चेतन घिमिरे, भगवती थापा, अरुणा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा श्रीप्रकाश वैद्य छन् । टोलीसँगै महिला फुटबल विभागका प्रमुख हरि खड्का पनि रहेका छन् । फिजियोमा नविना श्रेष्ठ वैद्य र मनिषा महर्जन, इक्विपमेन्ट म्यानेजरमा दुर्गा बुढा तथा मिडिया अफिसर शिवानी थापा रहेकी छिन् ।

नेपाली टोली :

गोलकिपर – अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ

डिफेन्डर : अमृता जैसी, विमला विक, गिता राना, हिराकुमारी भुजेल, निशा थोकर, सृजना सिंह, पूजा राना

मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, दीपा राई, इन्दिरा राई, मन्जली तामाङ योन्जन, प्रिति राई, रेनुका नगरकोटे,

फरवार्ड : अनिता केसी, रजनी थोकर, रश्मी घिसिङ, सविता राना, सरु लिम्बु

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.