default_image

3 years ago

September 17, 2021

लिग संचालन गर्न एन्फालाई बागमती प्रदेश खेलकुदको १ करोड

एजेन्सी – बागमती प्रदेश खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई लिग संचालनका लागि १ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । परिषदले सहिद स्मारक ए डिभिजन लिग र प्रदेश लिग आयोजनाको शीर्षकमा यसै आर्थिक वर्षमा ५०-५० लाख रुपैयाँ प्रदान गर्ने भएको हो । शुक्रबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र परिषदका सदस्य सचिव सूर्यलाल […]

44 views

0 Bookmark

एजेन्सी – बागमती प्रदेश खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई लिग संचालनका लागि १ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । परिषदले सहिद स्मारक ए डिभिजन लिग र प्रदेश लिग आयोजनाको शीर्षकमा यसै आर्थिक वर्षमा ५०-५० लाख रुपैयाँ प्रदान गर्ने भएको हो ।

शुक्रबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले एक कार्यक्रममाझ सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको परिषदले ए डिभिजन लिगको लागि ५० लाख रुपैयाँ दिनेछ ।

ए डिभिजन लिगको ९१ खेलमा प्रत्यक खेल जित्ने टोलीलाई म्याच मनी स्वरूप ५० हजार रुपैयाँ प्रदान गरिनेछ । खेल बराबरी भएको अवस्थामा टोलीले २५-२५ हजार बाँड्नेछन् । यसबाहेक ए डिभिजनको उदियमान खेलाडीलाई १ लाख रुपैयाँ र बाँकी रकम लिग आयोजनाको अन्य खर्चमा प्रयोग हुनेछ ।

यस्तै बागमती प्रदेश लिग आयोजनाका लागि पनि परिषदले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । लिग आयोजनामा योभन्दा बढी खर्च भएको खण्डमा त्यसको व्ययभार एन्फाले बेहोर्ने उल्लेख गरिएको छ । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदी, मन्त्रालयका सचिव यज्ञ प्रसाद ढुङ्गेललगायतको उपस्थिति रहेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.