default_image

3 years ago

September 18, 2021

राष्ट्रिय टोलीमा विमलाको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर विमला विकले नेपाली महिला राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेकी छिन् । शनिबार एसियन कप छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै उनले डेब्यु गरेकी हुन् । त्रिभुवन आर्मी क्लबकी डिफेन्डर विमला पहिलो पटक सिनियर टोलीमा परेकी हुन् । यसअघि बन्द प्रशिक्षणमा नियमित पर्दै आएकी उनी अन्तिम छनोटमा […]

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर विमला विकले नेपाली महिला राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेकी छिन् । शनिबार एसियन कप छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै उनले डेब्यु गरेकी हुन् ।

त्रिभुवन आर्मी क्लबकी डिफेन्डर विमला पहिलो पटक सिनियर टोलीमा परेकी हुन् । यसअघि बन्द प्रशिक्षणमा नियमित पर्दै आएकी उनी अन्तिम छनोटमा भने परेकी थिइनन् । फिलिपिन्सविरुद्ध ६३ औं मिनेटमा पुजा रानाको स्थानमा उनले खेलेकी थिइन् । उनी राइट ब्याक पोजिसनमा खेल्दै आएकी छिन् ।

पछिल्लो समय आर्मीमा जागिरे उनले साविकको पश्चिमान्चल क्षेत्रको कप्तानी गर्दै घरेलु फुटबलमा प्रभाव जमाएकी थिइन् । उनले उमेर समूहको प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् । करिअरको सुरुवातमा सेन्टर डिफेन्सबाट खेल्ने उनी हाल राइट ब्याकको भूमिकामा छिन् ।

विमलाको डेब्यु खेल भने नेपालको लागि फलदायी सावित भएन । नेपालले अन्तिम समयमा दुई गोल खाएपछि खेल २-१ ले गुमाएको थियो । नेपालले अब मंगलबार दोस्रो खेलमा हङकङको सामना गर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.