9 years ago
November 11, 2016
हाम्रो खेलकुद – एएफसी सोलिडारिटी कप २०१६ अन्तर्गत शनिबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल र लाओस भिड्दैछन्।

लाओसविरुद्धको मैत्रीपूर्ण खेलमा बल पछ्याउँदै विशाल राई । लाओसविरुद्धको उनले नै गोल गरेका थिए ।
नेपाल समूह ‘ए’ को शिर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो भने लाओस समूह ‘बि’को दोश्रो स्थानमा रहेर अर्को चरणमा आइपुगेको हो। लाओसले प्रतियोगिताको समूह चरणमा दुइ जित र एक हार सहित छ अंक बटुल्यो भने नेपालले एक जित र एक बराबरी सहित ४ अंक बटुलेको थियो।
नेपाल र लाओसले हालसम्म एक खेल मात्र खेलेका छन्। गत मे महिनामा खेलिएको मैत्रीपूर्ण खेलनै दुइ टोलीबीचको एकमात्र अन्तराष्ट्रिय खेल हो। सो खेल १-१को बराबरीमा सकिएको थियो। लाओसको भिएनटियानमा खेलिएको उक्त खेलमा नेपालको लागि विशाल राईले गोल गरेका थिए।
सेमिफाइनल खेल शनिबार दिनको २:१५ बजे खेलिनेछ र त्यस खेलको प्रत्यक्ष प्रशारण हाम्रो खेलकुदको फेसबुक पेजमा हेर्न सकिनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]