4 years ago
September 23, 2021
एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले पहिलो जित दर्ता गरेको छ । घरेलु टोली स्पेजियालाई ३–२ ले पराजित गर्दै युभेन्ट्सले पहिलो जित आत्मसात गरेको हो ।

यो सिजनको सिरी ‘ए’ मा युभेन्ट्सको पहिलो जितमा मोइस किन, फेडरिको चिइसा र म्याथ्थिज डि लेग्टले गोल गरे । घरेलु टोलीका इमानुयल क्वार्टसिन ग्यासी र जानिस एन्टिस्टेले गोल फर्काए । क्लब इतिहासकै सबैभन्दा खराव सुरुवात गरेको युभेन्ट्सले उडिनेस र एसी मिलानसँग बराबरी खेल्दा इम्पोली र नेपोलीसँग हार बेहोरेको थियो ।
स्पेजियाको मैदानमा बुधबार राति भएको खेलको २८औं मिनेटमा मोइस किनको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । उनले एड्रिएन राविओटको पासमा गोल गरेका थिए । ३३औं मिनेटमा इमानुयल क्वार्टसिन ग्यासीले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

४९औं मिनेटमा जानिस एन्टिस्टेले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए । ६६औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा ल्याउँदै खेलमा फर्कने संकेत दिए । ७२औं मिनेटमा म्याथ्थिज डि लेग्टले गोल गर्दै गोल गर्दै युभेन्ट्सलाई ३–२ को प्रतिस्पर्धात्मक जित दिलाए ।
पहिलो जितसँगै युभेन्ट्सको ५ खेलबाट ५ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । पराजित स्पेजिया ४ अंकसहित १७औं स्थानमा रहेको छ ।
अन्य नतिजा
सालेरनीटानाविरुद्ध अेलास भेरोना (२–२)
क्याग्लिएरीविरुद्ध इम्पोली (०–२)
एसी मिलानविरुद्ध भेनेजिया (२–०)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]