default_image

4 years ago

September 26, 2021

रियल म्याड्रिड बराबरीमा रोकियो

207 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । रियल म्याड्रिड घरेलु मैदानमा भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको १३औं मिनेटमा डानजुमाको प्रहारलाई रियलको गोलरक्षक थिवाउट कोर्टुवाले बचाए । २३औं मिनेटमा रोड्रिगोको क्रसलाई भिल्लारियलका गोलरक्षक रुल्लीले कुनै खतरा हुने दिएन । ३१औं मिनेटमा पिनोको पासमा पाको एल्कासेरको प्रहारलाई गोलरक्षक कोर्टुवाले बचाउँदा भिल्लारियल अग्रता लिनबाट चुक्यो ।

५१औं मिनेटमा कप्तान बेन्जेमाको हेडर सदुपयोग हुन नसक्दा रियल अग्रता लिनबाट चुुक्यो । ८३औं मिनेटमा इस्कोको हेडरलाई विपक्षी डिफेन्डरले क्लियर गरिदिए । लगत्तै ८४औं मिनेटमा इडुआर्डाे कामाभिंगाको ओभर हेड किकलाई गोलरक्षक रुल्लीले नियन्त्रणमा लिदा रियल निराश बन्न पुग्यो ।

लयमा रहेका कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले भिल्लारियलविरुद्धको खेलमा गोल गर्न सकेनन् । रियलले यो सिजन गरेको २२ मध्ये १३ गोल यि दुई फरवार्डको नाममा रहेको छ ।बेन्जेमाले ८ तथा भिनिसियसले ५ गोल गरेका छन् ।

यो सिजन रियलको यो दोस्रो बराबरी हो । यसअघि रियलले लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेका थिए । रियलले ला लिगामा ५ जित र २ बराबरीको नतिजा निकालेको छ ।

यो बराबरीपछि पनि अपराजित रहेको रियल ७ खेलमा १७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । रियलले दोस्रो स्थानमा रहेको एक खेल कम खेलेको सेभियालाई ३ अंकले पछि पारेको छ । एलाभेससँग १–० को हार बेहोरेको एट्लेटिको म्याड्रिडको पनि १४ अंक नै छ । भिल्लारियल ६ खेलबाट ८ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

अन्य नतिजा

एलाभेसविरुद्ध एट्लेटिको म्याड्रिड (–०)

भ्यालेन्सियाविरुद्ध एथलेटिको बिल्वाओ (१–१)

सेभियाविरुद्ध स्पान्योल (–०)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.