default_image

3 years ago

September 26, 2021

नेपाल ओमानसँग फराकिलो अन्तरले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानविरुद्ध मैत्रीपूर्ण खेलमा फराकिलो हार बेहोरेको छ । कतारमा भएको खेलमा नेपालले ७-२ को हार बेहोरेको हो । पहिलो हाफमा २-१ ले पछि परेको नेपालले दोस्रो हाफमा भने ५ गोल खाएको थियो । दोस्रो हाफमा ओमानले बलियो टोली उतारेपछि नेपाली टोली […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानविरुद्ध मैत्रीपूर्ण खेलमा फराकिलो हार बेहोरेको छ । कतारमा भएको खेलमा नेपालले ७-२ को हार बेहोरेको हो ।

पहिलो हाफमा २-१ ले पछि परेको नेपालले दोस्रो हाफमा भने ५ गोल खाएको थियो । दोस्रो हाफमा ओमानले बलियो टोली उतारेपछि नेपाली टोली निकै दबाबमा परेको थियो । नेपाली टोली अब सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ ।

नेपालले आइतबार मात्र साफ च्याम्पियनसिपका लागि अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको थियो । पछिल्लो दुई सातायता कतारमा रहेको २५ सदस्यीय टोलीबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । प्रशिक्षण क्याम्पका दौरान चोट बोकेपछि विकेश अन्तिम टोलीमा पर्न सकेनन् । प्रशिक्षक अलमुताइरीले यसअघि साफमा २५ जना खेलाडीलाई नै माल्दिभ्स लग्ने बताएपनि एन्फाले भने २३ सदस्यीय टोली घोषणा गरेको हो । साफले अन्तिम टोलीमा २३ सदस्य रहने भएपनि विकल्पमा आफ्नै खर्चमा भने खेलाडी लग्न पाउने प्रावधान छ ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म मालेमा हुँदैछ । नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउण्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

साफको लागि घोषणा गरिएको अन्तिम टोली :

किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.