3 years ago
September 27, 2021
एजेन्सी – इटालियन सिरी ‘ए’ मा लाजियोले रोमामाथि रोमाञ्चक जित निकालेको छ । लाजियोले घरेलु मैदानमा रोमालाई ३–२ ले पराजित गरेको हो । घरेलु मैदानमा लाजियोको जितमा सेर्गेज मिलिन्किोभिक साभिक, पेड्रो रोड्रिग्वेज र फिलिपे एन्डरसनले गोल गरे । रोमाका रोजर इवानेज र जोर्डन भेरेटआउटले गोल फर्काए । रोमामा आइतबार राति भएको खेलको १०औं मिनेटमा सेर्गेज […]
एजेन्सी – इटालियन सिरी ‘ए’ मा लाजियोले रोमामाथि रोमाञ्चक जित निकालेको छ । लाजियोले घरेलु मैदानमा रोमालाई ३–२ ले पराजित गरेको हो ।
घरेलु मैदानमा लाजियोको जितमा सेर्गेज मिलिन्किोभिक साभिक, पेड्रो रोड्रिग्वेज र फिलिपे एन्डरसनले गोल गरे । रोमाका रोजर इवानेज र जोर्डन भेरेटआउटले गोल फर्काए ।
रोमामा आइतबार राति भएको खेलको १०औं मिनेटमा सेर्गेज मिलिन्किोभिक साभिकको गोलबाट लाजियोले अग्रता लिएको थियो । उनले फिलिपे एन्डरसनको पासमा गोल गरेका थिए ।
१९औं मिनेटमा सिरो इमोविल्लेको पासमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे । पेड्रोले आफ्नै पुर्व क्लबविरुद्ध गोल गरेका हुन् । उनी यसै समरमा रोमाबाट लाजियो पुगेका थिए । ४१औं मिनेटमा रोजर इवानेजले जोर्डन भेरेटआउटको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
६३औं मिनेटमा फिलिपे एन्डरसनले सिरो इम्मोविल्लेकै पासमा गोल गरेपछि लाजियो जिततर्फ अघि बढ्दा रोमाको जितको सम्भावना टाढिएको थियो । ६९औं मिनेटमा रोमाका जोर्डन भेरेटआउट पेनाल्टीमा गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि हार टार्न सकेन ।
जितपछि लाजियो ६ खेलबाट ११ अंक जोडेर छैटौ स्थानमा उक्लदा रोमा १२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
April 26, 2024
सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]
April 26, 2024
एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]
April 25, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]