default_image

4 years ago

September 28, 2021

मेस्सी सिटीविरुद्ध खेल्ने सम्भावना

227 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार लिओनल मेस्सीले चोटका कारण क्लबका पछिल्ला दुई खेल गुमाएका थिए । घुँडाको चोट ठीक भएपछि मंगलबार च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध मेस्सी खेल्ने सम्भावना देखिएको छ ।

सिटीका अहिलेका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा मेस्सीले बार्सिलोनामा लामो समय खेलेका थिए । यो सिजन पिएसजीमा आबद्ध भएका मेस्सीले नयाँ क्लबमा गोलको खाता खोल्न सकेका छैनन् । ३ खेलमा मौका पाएका मेस्सी पछिल्ला दुई खेलमा चोटका कारण अनुपस्थित रहे ।

‘उनी सहित बाटोमा छन् । मलाई लाग्छ मेस्सी टोलीमा हुनेछन् । तर पहिलो रोजाईका बारेमा मैले निर्णय गरेको छैन’, पिएसजीका माउरिसियो पोचेटिनोले बताएका छन् ।

च्याम्पियन्स लिगमा ग्वार्डिओलाले सम्हालेको टोलीविरुद्ध मेस्सीले जति गोल अन्य खेलाडीले गरेका छैनन् । आफ्ना पूर्व प्रशिक्षकले सम्हालेको टोलीविरुद्ध ४ खेलमा मेस्सीले ६ गोल गरेका थिए । जसमा बार्सिलोनाबाट मेस्सीले खेल्दा सिटीविरुद्ध मात्र ४ गोल गरेका थिए ।

‘उनी त्यस्ता खेलाडी हुन् जसको प्रदर्शन बोल्छ । पछिल्लो १६ वर्षदेखि उनीलाई व्यवसायिक खेलाडीका रुपमा देख्न पाइरहेका छौं’, ग्वार्डिओलाले मेस्सीका बारेमा भनेका छन्, ‘उनीले जे गरे त्यो असाधारण छन् । आशा गरौं भोली पनि त्यस्तै खेल देख्न पाइनेछ ।’

पिएसजीले फेरि एक पटक विश्व फुटबलका तीन सुपर स्टारलाई उतार्ने सम्भावना छ । ६ पटकका बालोन डी ओरका विजेता मेस्सीका साथ नेयमार र केलियन एमबाप्पले सिटीविरुद्ध अग्रपक्तिको मोर्चा सम्हाल्न सक्नेछन् ।

‘त्यस्ता स्तरीय खेलाडीलाई कसरी रोक्ने भन्ने मैले बुझेको छैन । उनीहरु निकै उत्कृष्ट छन् । उनीहरुको क्षमताले फरक पर्नेछ’, ग्वार्डिओलाले थपे, ‘बल विना पनि हामीले रोक्नु पर्ने हुन्छ । हामीसँग बल हुँदा उनीहरुलाई दौडन दिउ । उनीहरु असाधारण छन्, व्यक्तिगत र समूहगत रुपमा पनि । तिन स्टारले अगाडि जे चाहे त्यहि गर्न सक्छन् । मेस्सी खुला रुपमा बायाँ, दायाँ वा मध्यपक्तिमा खेल्नछन् । एमबाप्पेले पनि त्यस्तै फैलिएर वा मध्यमा खेल्न सक्छन् । संयोजना राम्रो छ ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.