default_image

3 years ago

September 30, 2021

साफ च्याम्पियनसिपमा नेपालको ४ मध्ये ३ खेल राती

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप शुक्रबार सुरु हुँदैछ । यसपटक प्रतियोगितामा ५ राष्ट्रको मात्र सहभागिता रहने भएकोले राउन्ड रोविन लिगका आधारमा च्याम्पियनसिप हुँदैछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले खेल तालिकामा केहि फेरबदल गरेको छ । यसअघि नेपाल र आयोजक माल्दिभ्सबीच उद्घाटन खेल हुने भनिए पनि […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप शुक्रबार सुरु हुँदैछ । यसपटक प्रतियोगितामा ५ राष्ट्रको मात्र सहभागिता रहने भएकोले राउन्ड रोविन लिगका आधारमा च्याम्पियनसिप हुँदैछ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले खेल तालिकामा केहि फेरबदल गरेको छ । यसअघि नेपाल र आयोजक माल्दिभ्सबीच उद्घाटन खेल हुने भनिए पनि अब श्रीलंका र बंगलादेशबीच हुने भएको छ । नेपाल र माल्दिभ्सले भने शुक्रबार नै नेपाली समय अनुसार राती ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछन् । बंगलादेश र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

राउन्ड रोविनमा सबै टोलीले ४ खेल खेल्नुपर्नेछ । नेपाल र आयोजक माल्दिभ्सलले ४ मध्ये ३ खेल राती एक खेल दिउँसो खेल्नेछ । भारत, श्रीलंका र बंगलादेशले दिउँसो र राती समान २ खेल खेल्नेछन् । असोज १८ गते पहिलो खेल बंगलादेश र भारतबीच हुनेछ । दास्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ ।

खेल हुने दिन एक टोलीले भने विश्राम पाउनेछ । असोज २१ गते नेपालले खेल्ने छैन । त्यस दिन भारत र श्रीलंका तथा माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । असोज २४ गते राती ९ः४५ बजे नेपाल र भारतबीच खेल हुनेछ । एक महिना भन्दा केहि लामो समयको अन्तरपछि यि दुई टोली फेरि भिड्दैछन् । साफ च्याम्पियनसिपकै दौरानमा नेपाल र भारतले दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेका थिए । भदौ १७ गतेको खेल १–१ को बराबरीमा टुंगिएको थियो भने भदौ २० गतेको खेलमा भारत २–१ ले विजयी भएको थियो ।

त्यसपछि नेपाली टोलीले कतारमा साफका लागि अन्तिम तयारी गरेको थियो । राउन्ड रोविनको अन्तिम दिन असोज २७ गते दिउँसो नेपाल र बंगलादेश तथा राती भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनका शीर्ष २ टोलीले असोज ३० गते राती ८ः४५ बजे उपाधिका लागि खेल्नेछन् । नेपाली टोली अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.