default_image

3 years ago

October 7, 2021

गाभी बने स्पेनबाट खेल्ने कान्छा खेलाडी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका सेन्ट्रल मिडफिल्डर पाब्लो गाभिरा (गाभी) स्पेनको सिनियर राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । बुधबार राति युइएफए नेसन्स लिगको इटालीविरुद्धको सेमिफाइनलमा पहिलो रोजाईमा खेल्दै उनी स्पेनबाट सिनियर टोलीबाट खेल्ने सबैन्दा कान्छा खेलाडी बनेका हुन् । १७ वर्ष ६२ दिनका गाभीले यसअघि १९३६ मा एन्जल जुवेटाले राखेको कीर्तिमानलाई तोडेका […]

50 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका सेन्ट्रल मिडफिल्डर पाब्लो गाभिरा (गाभी) स्पेनको सिनियर राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

बुधबार राति युइएफए नेसन्स लिगको इटालीविरुद्धको सेमिफाइनलमा पहिलो रोजाईमा खेल्दै उनी स्पेनबाट सिनियर टोलीबाट खेल्ने सबैन्दा कान्छा खेलाडी बनेका हुन् ।

१७ वर्ष ६२ दिनका गाभीले यसअघि १९३६ मा एन्जल जुवेटाले राखेको कीर्तिमानलाई तोडेका हुन् । गत वर्ष बार्सिलोनाकै वन्डर किट अन्सु फातीले १७ वर्ष ३०८ दिनको उमेरमा स्पेनको सिनियर टोलीबाट खेल्दै स्पेनको सिनियर टोलीबाट खेल्ने दोस्रो कान्छा खेलाडी बनेका थिए ।

स्पेनले २–१ ले जित निकालेको खेलमा प्रशिक्षक लुइस इनरिकेले उनलाई विश्वास गर्दै पहिलो रोजाईमा खेल्न मौका दिएको थियो । १७ वर्षीय गाभीले ८४ मिनेटसम्म मैदानमा कप्तान सर्जियो बुस्क्वेट्स र कोकीसँग रहेर युरोपियन च्याम्पियन इटालीविरुद्ध स्पेनको मिडफिल्ड सम्हालेका थिए ।

प्रशिक्षक लुइस इनरिकेले गाभी स्पेनको वर्तमान र भविष्य रहेको बताएका छन् । ‘हेर्नुहोस् बच्चा स्पेनमा कति राम्रो छन् । आफ्नो डेब्युमा यो आत्मविश्वास । उनले सिनियर टोलीमा लामो समय खेलेको अनुभवले खेले ।’ खेलपछि प्रशिक्षक इनरिकेले भने, ‘इटालीका मार्काे भेराट्टी उनको आइडल हो । मैले उनलाई सुरुवाती क्षणदेखि अन्तिमसम्म उनलाई निगरानी राख्न भने, उनले त्यसै गरे ।’

गाभी ११ वर्षको उमेरमा बार्सिलोनाको युथ एकेडेमी ला मासियामा पुगेका थिए । त्यसअघि उनी रियल बेटिसको एकेडेमीमा रहेका थिए । सेप्टेम्वर २०२० मा उनले बार्सिलोनासँग व्यवसायिक सम्झौता गरेका थिए । त्यसको एक वर्षपछि उनले १७ वर्षको उमेरमा स्पेनिस ला लिगामा गेटाफेविरुद्ध खेल्दै बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए । उनले बार्सिलोनाको सिनियर टोलीबाट ७ खेल खेलिसकेका छन् । गोलको खाता खोल्न सकेका छैन ।

बुधबार राति गावी मात्रै स्पेनको सिनियर टोलीबाट खेल्ने खेलाडी बनेनन् । स्पेनिस क्लब भिल्लारियलका १८ वर्षीय यारेमी पिनोले सिनियर टोलीमा डेब्यु गरे । पहिलो हाफमा दुई गोल गरेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका फेरान टोरेसले चोट बोक्न पुगेपछि ४९औं मिनेटमा मैदान छिर्दै डेब्यु गरेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.