default_image

3 years ago

October 8, 2021

जिदानमा युभेन्ट्स, फ्रान्स र पीएसजीको नजर

एजेन्सी – इटालियन पुर्व फरवार्ड एन्टोनियो कसानो धेरै बोलिरहन्छन् । उनको बोलीलाई कति सत्य मान्ने कति नमान्ने त्यो शंकाकै विषय हुनेछ । तर पछिल्लोपटक एन्टोनियो कसानोले पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक मौरिसियो पोचेटिनोबारे गरेको टिप्पणीले विश्व खेलकुदमा चर्चा बटुलिरहेको छ । उनका अनुसार अब पार्क डेस प्रिन्सेसको डग आउटमा मौरिसियो पोचेटिनोको स्थानमा जिनेदिन जिदान आउने छन् […]

59 views

0 Bookmark

एजेन्सी – इटालियन पुर्व फरवार्ड एन्टोनियो कसानो धेरै बोलिरहन्छन् । उनको बोलीलाई कति सत्य मान्ने कति नमान्ने त्यो शंकाकै विषय हुनेछ । तर पछिल्लोपटक एन्टोनियो कसानोले पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक मौरिसियो पोचेटिनोबारे गरेको टिप्पणीले विश्व खेलकुदमा चर्चा बटुलिरहेको छ ।

उनका अनुसार अब पार्क डेस प्रिन्सेसको डग आउटमा मौरिसियो पोचेटिनोको स्थानमा जिनेदिन जिदान आउने छन् । गत साता पीएसजी लिग वानमा रेनेससँग २–० ले स्तब्ध बनेपछि क्लबमा पोचेटिनोको समर्थन र उनको कार्यशैलीमा विश्वास टुट्दै गएको छ ।

‘पोचेटिनोको पीएसजीमा समय निकै कम छ,’ कसानोले भने, ‘मानिसहरुले उनीबारे निकै नराम्रो कुराहरु सुनाएका छन् । मैले निकै नराम्रो हल्लाहरु सुनेको छु ।’

‘उनी निकै राम्रो मानिस हुन्, तर प्रशिक्षक.. उनी एक मिनेट पनि रणनीतिक छलफल गर्दैनन् र खेलाडीहरूले पनि यसको माग गरिरहेका हुन्छन् । बरु उनले खेलाडीहरुलाई कसरी खेल्ने भनेर सुझाव मागिरहेका हुन्छन्,’ उनले भने, ‘मैले जे सुने मलाई नै विश्वास लागिरहेको छैन । उनले अहिलेसम्म च्याम्पियनहरूलाई प्रशिक्षण गरेका छैनन् र उनलाई निकै कठिन भइरहेको छ । जहाँसम्म मैले सुनेको छु, यस्तै चल्ने हो भने उनी त्यहाँ धेरै टिक्दैनन् । जिजुमाथि आँखा राखिराख्नु ।’

स्पेनिस क्लब रियल म्याड्रिड छाडेयता जिदानको नाम युभेन्टस र फ्रान्ससँग जोडिदै आएको छ । तर पीएसजी पनि उनको सम्भावित गन्तव्यमा थपिएको छ । रियल पुगेपछि उनी ‘सुपरस्टार’ हरुको अंहकारलाई व्यवस्थापन गर्न सफल भएको र लगातार तीनवटा च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

रियलमा ग्यारेथ बेल, करिम बेन्जेमा र क्रिस्टियानो रोनाल्डो थिए । पीएसजीमा अहिले केलियन एम्बाप्पे, नेयमार र लियोनेल मेस्सी छन् जसको व्यवस्थापन पोचेटिन्होले गर्न सकिरहेका छैनन् । यदि पीएसजीलाई सुपरस्टारहरुको व्यवस्थापन गर्ने कोही व्यक्ति चाहिएको हो भने त्यसका लागि जिदान सही व्यक्ति हुनसक्छन् । मार्काबाट

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.