default_image

3 years ago

October 7, 2021

‘बलियो टोली होइन, दिमाग लगाउनेले जित्छ’- श्रीलंका प्रशिक्षक अलागीच

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाका प्रशिक्षक अमीर अलागीचले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत भारतविरुद्ध गोलरहित बराबरी खेलेपछि आफ्नो टोलीले मिहिनेतको फल प्राप्त गरेको अभिव्यक्ति दिएका छन् । प्रशिक्षक अलागीचले श्रीलंकाले यस प्रतियोगितामा सुधार गर्दै गएको अभिव्यक्ति दिए । ‘फुटबलमा मैले ५२ वर्ष बिताएको छु । र मैले सुरुवातमै भनेको थिएँ हामी साफ च्याम्पियनसिपमा सिक्न आएका हौं […]

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाका प्रशिक्षक अमीर अलागीचले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत भारतविरुद्ध गोलरहित बराबरी खेलेपछि आफ्नो टोलीले मिहिनेतको फल प्राप्त गरेको अभिव्यक्ति दिएका छन् ।

प्रशिक्षक अलागीचले श्रीलंकाले यस प्रतियोगितामा सुधार गर्दै गएको अभिव्यक्ति दिए । ‘फुटबलमा मैले ५२ वर्ष बिताएको छु । र मैले सुरुवातमै भनेको थिएँ हामी साफ च्याम्पियनसिपमा सिक्न आएका हौं । हाम्रो खेलाडीले राम्रो प्रतियोगिता खेल्न पाएका छैनन् । हामी अरुको तुलनमा निकै पछि छौं,’ उनले भने, ‘हामीले अब बिस्तारै सिक्ने क्रम रोकेर मनोबल उच्च बनाएर भिड्न जरुरि छ । आजको खेल त्यसको सुरुवात थियो । अब सिक्ने क्रमसँगै हामी भिड्ने भएका छौं । अब मनोबल उच्च बनाएर अघि बढ्नुपर्छ ।’

‘हामीले यसअघि लगातार १२ खेल हारेका थियौं । यो समय कुनैपनि प्रशिक्षक र टोलीका लागि सहज थिएन । हामीले नतिजालाई बिर्सेर अघि बढ्ने सोचेका थियौं, तर व्यक्तिगत रुपमा त्यो गर्न सकिएन,’ उनले भने ।

‘पहिलो खेलमा गरेको प्रदर्शनपछिको नतिजा पचाउन सक्ने थिएन । दोस्रो खेलमा पनि भाग्य हाम्रो साथमा रहेन । नेपालविरुद्ध खेलको ३५ सेकेन्ड बाँकी हुँदा पनि खेल बराबर गर्ने अवसर थियो । प्राविधिक रुपमा यस्तो समस्याहरुबाट सिक्दै जाने हो । ह्यामिल्टनको ३५ यार्ड टाढाबाट गरेको गोल उत्कृष्ट थियो,’ उनले थपे ।

प्रशिक्षकले श्रीलंकाली फुटबल सन् २००५ मै अड्किएको बताउँदै आफ्नो आलोचकहरुले जवाफ पाएको बताए । उनले विदेशी प्रशिक्षक आएर नयाँ प्रयोग सँगै सकारात्मक नतिजा ल्याउँदा त्यसको सम्मान गर्नुपर्ने समेत बताए । संघले लगातार देशको फुटबल विकासमा खर्च गर्दा त्यसबाट नतिजा दिनपर्ने पनि उनको भनाइ थियो । उनले श्रीलंकाको आजको नतिजाले दक्षिण एसियाली फुटबल पनि प्रतिस्पर्धात्मक रहेको बताए ।

अलागीचले दिमाग लगाएको कारण नै भारतविरुद्ध नतिजा निकालेको बताए । ‘प्रशिक्षकले फुटबलमा दिमाग लगाउने टोलीले नै उपाधि जित्ने समेत बताए । ‘फुटबलमा स्मार्ट टोलीले जित्ने हो । धेरै फिट र धेरै बलियो टोलीले खेल जित्ने पक्का हुँदैन । आज हामीले त्यहि नै गर्यौं । हामीले आफूले तय गरेको रणनीति अनुसार नै खेल्यौं । र खेल हाम्रो नियन्त्रणमा नै थियो । हामीले १८ महिना गरेको मिहिनेतको फल प्राप्त भएको बुझेको छु,’ उनले थपे ।

‘अब हाम्रो ध्यान माल्दिभ्सको खेलमा छ । माल्दिभ्सले प्रतियोगितामा राम्रो प्रदर्शन गरेको छ । अझ भन्नुपर्दा प्रतियोगितामा सबै टोलीले प्रदर्शन सुधार गरेका छन्, नेपालको बाहेक । प्रतियोगितामा प्रदर्शन महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।

फाइनल पुग्ने सम्भावना समाप्त भएको श्रीलंकाले अब प्रतियोगिताको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्नेछ । बंगलादेशसँग १-० ले पराजित भएको श्रीलंकालाई नेपालले ३-२ ले पराजित गरेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.