default_image

4 years ago

October 8, 2021

अर्जेन्टिना बराबरीमा रोकियो

208 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गरेपनि फिनिसिङमा चुक्दा अर्जेन्टिना घरेलु टोली पाराग्वेसँग गोलरहित बराबरीमा रोकिन बाध्य बनेको हो ।

पहिलो मिोटमा नै जियोभानी लो सेल्सोको प्रयासलाई पाराग्वेका गोलरक्षक एन्थोली सिल्भाले बचाए । नवौं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा जोआक्वि कोरेआको प्रहार सदुपयोग हुन नसक्दा अर्जेन्टिनाले अग्रता लिन सकेन । २५औं मिनेटमा मेस्सीको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

४९औं मिनेटमा गुस्ताभो गोमेजको हेडरलाई अर्जेन्टिनी डिफेन्डरले ब्लक गर्दा पाराग्वे अग्रता लिनबाट चुक्यो । ५३औं मिनेटमा मिगुइल अल्मिरोनको प्रयासलाई अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले बचाए ।

६४औं मिनेटमा मेस्सीको पासमा रोड्रिगो डि पलको प्रहार सदुपयोग हुन नसक्दा अर्जेन्टिना चुकचुकायो । त्यसपछि पनि अर्जेन्टिनाले लगातार घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

बराबरीपछि दक्षिण अमेरिकी विश्वकप छनोटमा अपराजित रहेको अर्जेन्टिना ९ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पाराग्वे १२ अंक जोडेर छैटौं स्थनमा रहेको छ ।

अर्काे खेलमा उरुग्वे र कोलम्वियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

यो बराबरीपछि उरुग्वे १० खेलबाट १६ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा कोलम्विया समान खेलबाटै १४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यस्तै इक्वेडरले बोलिभियालाई ३–० ले पराजित गर्दा पेरुले चिलीलाई २–० ले स्तब्ध पारेको छ । जितपछि इक्वेडर १० खेलबाट १६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । पेरु ११ अंक जोडेर सातौ स्थानमा रहँदा चिली ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.