default_image

3 years ago

October 8, 2021

रोनाल्डोमाथिको बलात्कार मुद्दा रद्द हुने

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार मुद्दा रद्द गर्न अदालतले सिफारिस गरेको छ । नेभाडाको संघीय माजेस्ट्रेट न्यायाधिश ड्यानियल अल्बरेग्ट्सले मुद्दा रद्द गर्ने निर्णय लिएसँगै अब रोनाल्डो तनावमुक्त भएका छन् । ड्यानियलले रोनाल्डाबाट कुनै अपराध नभएको तथा क्याथरिन मेयोर्गाले सन् २०१० मा गोप्य रुपमा ३ लाख ७५ हजार अमेरिकी डलर लिएर आपराधिक मुद्दा […]

40 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार मुद्दा रद्द गर्न अदालतले सिफारिस गरेको छ । नेभाडाको संघीय माजेस्ट्रेट न्यायाधिश ड्यानियल अल्बरेग्ट्सले मुद्दा रद्द गर्ने निर्णय लिएसँगै अब रोनाल्डो तनावमुक्त भएका छन् ।

ड्यानियलले रोनाल्डाबाट कुनै अपराध नभएको तथा क्याथरिन मेयोर्गाले सन् २०१० मा गोप्य रुपमा ३ लाख ७५ हजार अमेरिकी डलर लिएर आपराधिक मुद्दा छोडेको तथ्यलाई मध्यनजर गरेको छ । मेयोर्गा र उनको कानुनी टिमलाई त्यसपश्चात रोनोल्डोको वकिल अथवा प्रतिनिधिले धम्कि दिएको वा कानून कार्यान्वयनमा बाधा पुर्याएको कुनै प्रमाण अदालतले फेला नपरेको समेत जनाएको छ ।

न्यायाधिश ड्यानियलले रोनाल्डोको वकिलले मुद्दा रद्द गर्न राखेको मागको पक्ष लिएका हुन् । मुद्दाको सुनुवाई गर्ने न्यायाधिश ड्यानियलले एक सिफारिसमा मेयोर्गाका वकिल लेस्ली मार्क स्टोभलमाथि चुहावट तथा चोरी भएको कागजातको आधारमा मुद्दा लगाएको आरोप लगाए । उक्त कागजात रोनाल्डो र उनका वकिलबीच भएको विशेष अधिकार प्राप्त कुराकानी हो ।

‘मेयोर्गाको वकिलको अनुपयुक्त आचरणका लागि मेयर्गाको मुद्दा खारेजी कठोर परिणाम हो,’ न्यायाधिश ड्यानियलले अमेरिकी डिस्ट्रिक्ट न्यायाधिश जेनिफर डोर्सीलाई दिएको सिफारिसमा लेखे । तर ड्यानियलको सिफारिस डोर्सीले कहिले लिने भन्ने मिति तय भएको छैन । ‘स्टोभलले आफ्ना ग्राहक तथा उनको पेशाप्रति खराब आचरण तथा विश्वास देखाएर काम गरेकी छन्,’ ड्यानियलको निर्णयमा उल्लेख छ ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.