default_image

3 years ago

October 9, 2021

मुलर र जिनाब्रीको गोलमा जर्मनीको जित

एजेन्सी – एक गोलले पछि परेको अवस्थामा सर्ज जिनाब्री र थोमस मुलरले गोल गरेपछि जर्मनीले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा रोमानियालाई पराजित गरेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियालाई २–१ को पराजित गरेको हो । पाहुना टोलीका लानिस हाँगीको गोल सान्त्वना बन्यो । ह्यामवर्गमा भएको खेलको ११औं मिनेटमा लानिस […]

34 views

0 Bookmark

एजेन्सी – एक गोलले पछि परेको अवस्थामा सर्ज जिनाब्री र थोमस मुलरले गोल गरेपछि जर्मनीले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा रोमानियालाई पराजित गरेको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियालाई २–१ को पराजित गरेको हो । पाहुना टोलीका लानिस हाँगीको गोल सान्त्वना बन्यो । ह्यामवर्गमा भएको खेलको ११औं मिनेटमा लानिस हाँगीको गोलबाट जर्मनी खेलमा पछि परेको थियो । एक गोलले पछि परेको जर्मनीले रोमानियालाई दवाव बढाएपनि बराबरी गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

५२औं मिनेटमा मार्काे रिउसको पासमा सर्ज जिनाब्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८१औं मिनेटमा वैकल्प्कि खेलाडी थोमस मुलरले गोल गर्दै जर्मनीको जित पक्का गरे । ६७औं मिनेटमा टिमो वेर्नरको स्थानमा मैद्यान छिरेका मुलरले लियोन गोरेट्जकाको पासमा गोल गरेका थिए ।

यही समूह ‘जे’ को अर्काे खेलमा नर्थ म्यासेडोनियाले लिचेस्टाइनलाई ४–० ले पराजित गर्दा आइसल्यान्ड र अर्मेनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो नतिजापछि जर्मनी ७ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित रोमानिया १० अंकसहित चौथो स्थानमा रहेको छ । समान १२ अंक रहेपनि नर्थ म्यासेडोनियाले रोमानियालाई गोल अन्तरमा पछि पार्दै दोस्रो स्थानमा रहेको छ । आइसल्यान्ड ५ अंक जोडेर पाँचौं स्थानमा रहँदा लिचेस्टाइन १ अंक जोडेर पुछारमा रहेको छ ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.