default_image

3 years ago

October 9, 2021

नेदरल्यान्ड्सको झिनो जित, नर्वे रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा नेदरल्यान्ड्सले झिनो जित निकाल्दा नर्वे बराबरीमा रोकिएको छ ।नेदरल्यान्ड्सले घरेलु टोली लात्भियामाथि १–० को झिनो जित निकालेको हो । नेदरल्यान्ड्सको जितमा डाभी क्लासिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १९औं मिनेटमा मेम्फिस डिपाएको पासमा गोल गरेका थिए । यो जितसँगै समूह ‘जी’ […]

78 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा नेदरल्यान्ड्सले झिनो जित निकाल्दा नर्वे बराबरीमा रोकिएको छ ।नेदरल्यान्ड्सले घरेलु टोली लात्भियामाथि १–० को झिनो जित निकालेको हो ।

नेदरल्यान्ड्सको जितमा डाभी क्लासिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १९औं मिनेटमा मेम्फिस डिपाएको पासमा गोल गरेका थिए । यो जितसँगै समूह ‘जी’ मा नेदरल्यान्ड्स ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लात्भिया ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा टर्की र नर्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टर्कीका मोममेद एक्टुरकोग्लुले गोल गर्दा नर्वेका क्रिस्टियन थ्रोस्टभेड्टले बराबरी गोल फर्काए । यो नतिजापछि नर्वे ७ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । टर्की १२ अंक जोडेर तेस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा मोन्टेनग्रोले जिब्राल्टारलाई ३–० ले पराजित गरेको छ । मोन्टेनग्रोको जितमा फाटोस विसिराजले दुई तथा एडाम मारुसिसले एक गोल गरे । यो नतिजापछि मोन्टेनग्रो ७ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा रहेको छ । जिब्राल्टार अंकविहन हुदै पुछारमा छ ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.