default_image

4 years ago

October 9, 2021

मेस्सी र रोनाल्डो बालोन डिओरको मनोनयनमा

197 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनेल मेस्सी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब चेल्सीका जर्गिन्होलाई समेट्दै यस वर्ष (२०२१) को बालोन डिओरको अन्तिम ३० मनोनयन सार्वजनिक भएको छ ।

आयोजक फ्रान्स फुटबलले शुक्रबार राति अन्तिम ३० मनोनयन सार्वजनिक गरेको हो । गतवर्ष कोरोना भाइरसका कारण अवार्ड नै स्थगित गरिएको थियो । यसपटक च्याम्पियन्स लिग विजेता चेल्सी र उपविजेता म्यानचेस्टर सिटीबाट समान ५–५ खेलाडी मनोनयनमा परेका छन् ।

फ्रान्सेली क्लब पीएसजीबाट ४ तथा इटालियन क्लब युभेन्ट्स, स्पेनिस क्लब रियल म्याड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब इन्टर मिलानबाट समान दुई खेलाडी मनोनयनमा पर्न सफल भएका छन् ।

इटालियन क्लब एसी मिलान, क्याटलान क्लब बार्सिलोना, जर्मन क्लब बोरुसिया डर्टमुन्ड, इंग्लिस क्लब टोटेनहम, जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब भिल्लारियल र एट्लेटिको म्याड्रिडबाट समान एक खेलाडी मनोनयनमा परेका छन् ।

पछिल्लो एक दशक अवार्डमा राज गरेका मेस्सी, रोनाल्डो, लेवान्डोस्की र जर्गिन्होलाई अवार्डको दावेदारको रुपमा हेरिएको छ । मेस्सीले गत सिजन क्याटलान क्लब बार्सिलोनामा उत्कृष्ट समय व्यतित गरेका थिए । जर्गिन्होले चेल्सीबाट च्याम्पियन्स लिग र इटालीबाट युरो कप जितेका छन् ।

रोनाल्डोले गत सिजन युभेन्ट्सबाट खेल्दा युभेन्ट्सलाई सिरी ‘ए’ को उपाधि जिताउन नसकेपनि कोपा इटालिया र सुपरकोपा इटालीको उपाधि जिताउनुका साथै उनको व्यक्तिगत प्रदर्शन उच्च नै रहेको थियो । लेवान्डोस्कीले गत सिजन बुन्डेसलिगामा एकै सिजन सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्तिमान तोडेका थिए ।

यसपटक एकमात्र गोलरक्षक पीएसजीका जियानलुइजी डोन्नररुम्मा मनोनयनमा परेका छन् । इटालीका उनी युरो कपमा उत्कृष्ट गोलरक्षक बनेका थिए । अवार्ड समारोह २९ नोभेम्वरमा हुनेछ ।

मनोनयन लिस्ट

गोलरक्षक – जियानलुइजी डोन्नररुम्मा (पीएसजी)

डिफेन्डर – लियोनाद्रो बोनुची (युभेन्ट्स), जर्जियो चिलियनी (युभेन्ट्स), सिमोन कायर (एसी मिलान), सिसर एज्पिलिक्वेटा (चेल्सी) र रुवेन डियास (म्यानचेस्टर सिटी)

मिडफिल्डर – एङ्गोलो कान्टे (चेल्सी), मासन माउन्ट (चेल्सी), निकोलो बरेल्ला (इन्टर मिलान), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), पेड्री (बार्सिलोना), लुका मोड्रिच (रियल म्याड्रिड), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), जर्गिन्हो (चेल्सी) र फिल फोडेन (म्यानचेस्टर सिटी)

फरवार्ड – रियाद महारेज (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (बोरुसिया डर्टमुन्ड), ह्यारी केन (टोटेनहम), करिम बेन्जेमा (रियल म्याड्रिड), रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी), लियोनेल मेस्सी (पीएसजी), नेयमार (पीएसजी), लोउटारो मार्टिनेज (इन्टर मिलान), रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख), मोहम्मद सलाह (लिभरपुल), रोमेलु लुकाकु (चेल्सी), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पीएसजी), जेरार्ड मोरेनो (भिल्लारियल) र लुइस सुआरेज (एट्लेटिको म्याड्रिड)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.