default_image

3 years ago

October 9, 2021

‘भारतले जित्ने सम्भावना ९५ प्रतिशत’ – प्रशिक्षक अलमुताइरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरी आफ्नो बोली र व्यवहारका कारण चर्चामा छन् । उनी हरेक खेल अघिको बोलीले केहि न केहि तरंग पैदा गरेको हुन्छ । अहिले माल्दिभ्समा दक्षिण एसियाका ५ टोली साफ च्याम्पियनसिपको उपाधिका लागि भिडिरहेका छन् । सहभागी टोली मध्ये आयोजक माल्दिभ्स, नेपाल र बंगलादेशले समान २ […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरी आफ्नो बोली र व्यवहारका कारण चर्चामा छन् । उनी हरेक खेल अघिको बोलीले केहि न केहि तरंग पैदा गरेको हुन्छ । अहिले माल्दिभ्समा दक्षिण एसियाका ५ टोली साफ च्याम्पियनसिपको उपाधिका लागि भिडिरहेका छन् ।

सहभागी टोली मध्ये आयोजक माल्दिभ्स, नेपाल र बंगलादेशले समान २ खेल खेल्दा बंगलादेश र श्रीलंकाले ३ खेल खेलिसकेका छन् । त्यसमा नेपाल ६ अंकका साथ शीर्षस्थानमा छ भने बंगलादेशको ४ अंक, माल्दिभ्सको ३ अंक र भारतको २ अंक छ । १ अंकका साथ अंकतालिको पुछारमा श्रीलंका छ ।

२ खेल जितिसकेको नेपाल र २ खेलमा बराबरी गरेको भारत एक पटक फेरि च्याम्पियनसिपमा आइतबार आमनेसामने हुँदैछन् । यस्तोमा अब्दुल्लाले भोलीको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत रहेको बताएका छन् ।

‘भोलीको खेल महत्त्वपूर्ण छ । भारत दक्षिण एसियाको उत्कृष्ट टोली हो , सात पटकको विजेता हो । यू-२३ टोलीले नै उपाधि जितेको इतिहास छ’, उनले भने,‘ भोलीको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ , बराबरी हुने सम्भावना ४ प्रतिशत छ र नेपालले जित्ने सम्भावना १ प्रतिशत छ ।’

भारत बलियो टोली भएपनि नेपाली टोलीले डराएर भने नखेल्ने उनले बताएका छन् । ‘विश्व वरीयतामा हामी भन्दा भारत निकै माथि छ । तर हामी उनीहरुसँग डराउँदैनौं । सम्मान गर्छौं’, उनले भने,‘ हामी जित्नका लागि प्रयास गर्नेछौं ।’

अलमुताइरीकै प्रशिक्षणमा नेपाली टोलीले गत महिला दशरथ रंगशालामा भारतविरुद्ध २ मैत्रीपूर्ण खेल जितेको थियो । भदौं १७ गतेको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो भने दोस्रो खेलमा भारत २–१ विजयी भएको थियो ।

राष्ट्रिय टोलीका कप्तान एवं गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको खेलका लागि तयार रहेको बताएका छन्र । ‘हामी लक्ष्यमा पुग्नका लागि एक एक कदम चालिरहेका छौं’, उनले भने,‘ दुई कदम अघि बढेका छौं । भारतविरुद्धको खेल हाम्रो लागि अर्को एउटा कदम हो । भारत बलियो टोली हो तर हामी पनि कमजोर भने छैनौं ।’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.