default_image

3 years ago

October 10, 2021

विश्वकप छनोटमा पोल्यान्डको गोल वर्षा

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा पोल्यान्डले सान मारिनोमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पोल्यान्डले सान मारिनोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पोल्यान्डको जितमा कारोल स्वीर्डेस्की, थोमस केड्जिओरा, एडाम बुस्का र क्रिस्टोफ पियाटेकले गोल गर्दा एक गोल उपहार पाएको थियो ।वार्सजावा […]

49 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा पोल्यान्डले सान मारिनोमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पोल्यान्डले सान मारिनोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

पोल्यान्डको जितमा कारोल स्वीर्डेस्की, थोमस केड्जिओरा, एडाम बुस्का र क्रिस्टोफ पियाटेकले गोल गर्दा एक गोल उपहार पाएको थियो ।वार्सजावा पोल्यान्डमा घरेलु टोलीले खेलको १०औं मिनेटमा कारोल स्वीर्डेस्कीको गोलबाट अग्रता लिएको थियो । उनले प्रेजमिस्ल प्लाचेटाको पासमा गोल गरेका थिए ।

२०औं मिनेटमा क्रिस्टियन ब्रोलीले आत्मघाती गोल गरेपछि पोल्यान्डले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । ५०औं मिनेटमा थोमस केड्जिओराले मिकेल हेलिकको पासमा गोल गर्दै पोल्यान्डलाई खेलमा ३–० ले अघि बढाए ।

८४औं मिनेटमा एडाम बुस्काले रोबर्ट गुम्नीको पासमा गोल गर्दै पोल्यान्डलाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा क्रिस्टोफ पियाटेकले कास्पर कोजलोस्कीको पासमा गोल गर्दै पोल्यान्डलाई ५–० को फराकिलो जित दिलाए ।

यो जितसँगै पोल्यान्ड ७ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित सान मारिनो अंकविहीन हुदै पुछारमा छ ।

यही समूह ‘आइ’ को खेलमा शीर्षस्थानमा रहेको अपराजित इंग्ल्यान्डले एन्डोरालाई ५–० ले तथा अल्वानियाले हंगेरीलाई १–० ले पराजित गरेको छ ।

इंग्ल्यान्ड १९ अंक जोडेर शीर्षस्थानमा रहँदा अल्वानिया १५ अंक जोडेर दोस्रो स्थानमा छ । हंगेरी १० अंकसहित चौथो स्थानमा रहँदा एन्डोरा ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.