default_image

3 years ago

October 12, 2021

मोड्रिचको गोलमा क्रोएसिया हारबाट जोगियो

23 views

0 Bookmark

एजेन्सी – कप्तान लुका मोड्रिचले खेलको अन्तिम समयतिर गोल गरेपछि क्रोएसिया फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा हारबाट जोगिएको छ ।

घरेलु मैदानमा क्रोएसिया खेलमा दुईपटक पछि परेपनि स्लोभाकियालाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको हो । स्लोभाकियाका इभान श्रयन्स र लुकास हरसलिनले गोल गर्दा घरेलु टोलीका लागि एन्ड्रेज क्रामारिक र लुका मोड्रिचले बराबरी गोल फर्काए ।

खेलको २०औं मिनेटमा इभान श्रयन्सले गोल गर्दै स्लोभाकियालाई १–० को अग्रता दिलाए । उनले मारेक हाम्सिकको पासलाई सदुपयोग गरेका थिए । २५औं मिनेटमा एन्ड्रेज क्रामारिकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४५औं मिनेटमा लुकास हरसलिनले गोल गरेपछि क्रोएसिया पहिलो हाफमा २–१ ले पछि पर्यो । उनले लाडिस्लाभ अलमासीको पासमा गोल गरेका थिए ।

७१औं मिनेटमा कप्तान लुका मोड्रिचले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउँदै क्रोएसियालाई हारबाट जोगाए । यो बराबरीपछि समूह ‘एच’ मा क्रोएसिया ८ खेलबाट १७ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । स्लोभाकिया १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा रसियाले स्लोभेनियालाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । रसियाको जितमा इगोर डिभेव र जिओरजी डिजिकियाले गोल गरे । स्लोभेनियाका जोसिप इलिसिसले एक गोल फर्काए ।

यो जितसँगै रसिया ८ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको हो । क्रोएसिया बराबरीमा रोकिएको फाइदा रसियालाई पुग्यो । पराजित स्लोभेनिया १० अंक जोडेर चौथो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा साइप्रस र माल्टाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि दुवै टोलीको समान८ खेलबाट समान ५ अंक रहँदा माल्टा गोलअन्तरमा पाँचौ स्थानमा रहँदा साइप्रस पुछारमा छ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.